मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

१५ अंकले घट्यो सेयर बजार, ७ अर्ब ५७ करोडको कारोबार

मंगलबार, वैशाख १६ २०८२
१५ अंकले घट्यो सेयर बजार, ७ अर्ब ५७ करोडको कारोबार

५७ वटा कम्पनीको सेयर मूल्य बढ्दा बजारमा ७ अर्ब ५७ करोड ५२ लाख रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- आइतबार सामान्य बढेर सोमबार घटेको सेयर बजारमा मंगलबार पनि दोहोरो अंकको गिरावट आएको छ।

मंगलबार १५.०८ अंकले घटेर बजार २६३१.९८ बिन्दुमा आइपुगेको छ। ५७ वटा कम्पनीको सेयर मूल्य बढ्दा बजारमा ७ अर्ब ५७ करोड ५२ लाख रूपैयाँको कारोबार भएको छ। आज १ सय ८८ वटा कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ।

अघिल्लो साता लगातार घटेर अन्तिम कारोबारमा बिहीबार २.०८ बढेको सेयर बजार यो साताको पहिलो कारोबारमा आइतबार ३.५८ अंकले बढेर २६६१.६० बिन्दुमा पुगेको थियो। सोमबार बजार पुन: १४.५३ अंकले घटेर २६४७.०७ बिन्दुमा झरेको थियो।

सोमबार ८ अर्ब ९१ करोडको कारोबार भएको थियो भने आइतबार १० अर्ब ८७ करोड रूपैयाँको कारोबार भएको थियो।


प्रकाशित : मंगलबार, वैशाख १६ २०८२१५:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend