शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

मागमा आधारित जीविकोपार्जन कार्यक्रम : चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन

images
मंगलबार, वैशाख १६ २०८२
images
images
मागमा आधारित जीविकोपार्जन कार्यक्रम : चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन

कृषि विकास कार्यालय चितवनका कृषिविज्ञ निर्मल पौडेलका अनुसार यस कार्यक्रममा विशेषगरी चेपाङ समुदायलाई लक्षित गरी सहभागी गराइएको छ।

images
images

चितवन- चितवन र मकवानपुरका ५० युवालाई मागमा आधारित जीविकोपार्जन कार्यक्रममा सहभागी गराइएको छ।

images
images
images

गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा गरी कृषि विकास कार्यालय चितवनले दुई जिल्लाका विपन्न एवं अल्पसङ्ख्यक तथा सीमान्तकृत जाति, एकल महिला, दलित एवं पिछडिएका जातजाति, उक्त बाहुल्य सङ्ख्यकबाट गठित कृषि समूह, कृषि सहकारी तथा फार्ममा सहभागी युवालाई यस कार्यक्रममा सहभागी गराइएको हो।

images
images

कार्यालयका कृषिविज्ञ निर्मल पौडेलका अनुसार यस कार्यक्रममा विशेषगरी चेपाङ समुदायलाई लक्षित गरी सहभागी गराइएको छ। गत आवमा ३० र चालु आवमा २० जना युवालाई यस कार्यक्रममा सहभागी गराइएको हो।

images
images
images

उनीहरूलाई व्यावसायिक मौरीपालनतर्फ केन्द्रित गराइएको उनले जानकारी दिए। उनले भने, 'चितवनको राप्ती नगरपालिकाका र मकवानपुरको राकसिराङ गाउँपालिकाका युवालाई यस कार्यक्रममा समेटेका छौँ।' राप्ती नगरपालिकाको कोर वाङ्गसेलिङ्ग र परेवाकोटका युवा समेटिएको उनले जानकारी दिए। चिउरीखेती हुने भएकाले त्यस क्षेत्रका युवालाई मह उत्पादनमा सहयोग गरिएको हो।

कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार प्रतिव्यक्ति एक लाख रूपैयाँ नबढाइ ८५ प्रतिशत अनुदानमा युवालाई जीविकोपार्जनमा सहयोग गरिएको छ। चालु आवमा ४४ युवाको आवेदन परेकामा तीमध्ये छनोट गरेर कार्यविधिमा परेका युवालाई यस कार्यक्रममा जोडिएको छ।

यस कार्यक्रमका लागि अन्य तह र कार्यक्रमबाट दोहोरो सुविधा नलिएका समूहलाई यस कार्यक्रममा सहभागी गराइएको कँडेलले बताए।

कार्यक्रममा सहभागीले उन्नत कृषि प्रविधि अनुशरण गर्न अग्रसर गराउने, तीन वर्षसम्म व्यवसायलाई निरन्तरता दिनुपर्ने हुन्छ। यस कार्यक्रमले युवालाई व्यावसायिक कृषितर्फ आकर्षण गर्ने उनको भनाइ छ। रासस


प्रकाशित : मंगलबार, वैशाख १६ २०८२१०:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend