मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

आइतबार ३ अंकले बढेको सेयर बजार सोमबार १४ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

सोमबार, वैशाख १५ २०८२
आइतबार ३ अंकले बढेको सेयर बजार सोमबार १४ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

लगानीकर्ता विश्वस्त हुन नसक्दा सेयर बजार उतारचढावबीच निरन्तर ओरालोतर्फ नै लागिरहेको छ।

काठमाडौं- यो साता आइतबार सामान्य बढेको सेयर बजार सोमबार भने पुन: ओरालोतर्फ लागेको छ।

अघिल्लो साता लगातार घटेर अन्तिम कारोबारमा बिहीबार २.०८ बढेको सेयर बजार यो साताको पहिलो कारोबारमा आइतबार ३.५८ अंकले बढेर २६६१.६० बिन्दुमा पुगेको थियो। सोमबार बजार पुन: १४.५३ अंकले घटेर २६४७.०७ बिन्दुमा ओर्लिएको छ।

सोमबार ७८ कम्पनीको सेयर मूल्य बढ्दा बजारमा ८ अर्ब ९१ करोड २८ लाख ४३ हजार रूपैयाँको कारोबार भएको छ। आइतबार १० अर्ब ८७ करोड रूपैयाँको कारोबार भएकोमा सोमबार कारोबार रकममा पनि गिरावट आएको हो। आज १६७ वटा कम्पनीको सेयर मूल्य भने घटेको छ। 

लगानीकर्ता विश्वस्त हुन नसक्दा सेयर बजार उतारचढावबीच निरन्तर ओरालोतर्फ नै लागिरहेको छ। सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाती भइरहँदा यो साता बजार उतारचढावबीच लगातार ओरालोतिर नै देखिन्छ।

पर्ख र हेरको सोचमा रहेका लगानीकर्ताहरूले बजारको स्थायी सुधारका लागि राजनीतिक र नीतिगत स्थिरता चाहने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : सोमबार, वैशाख १५ २०८२१५:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend