बिहीबार , जेठ ३ गते २०८१    
images
images
images
images

भूमि आयोगको मान्छे हुँ जमिन मिलाइदिन्छु भन्दै सुकुम्बासी ठग्ने दुईजना पक्राउ     

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ २४ २०७८
images
images
भूमि आयोगको मान्छे हुँ जमिन मिलाइदिन्छु भन्दै सुकुम्बासी ठग्ने दुईजना पक्राउ     
images
images

काठमाडौं- भूमि आयोगको मान्छे हुँ जमिन दिलाइदिन्छु भनी सुकुम्बासीसँग रकम लिइ ठगी गरेको अभियोगमा दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

images
images
images

पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-८ बानियाटार बस्ने झापा भद्रपुर नगरपालिका-३ घर भएका  ३८ वर्षीय होम नारायण चौधरी  र  काठमाडौं बुढानिलकण्ठ नगरपालिका- ४ घर भएका ४४ वर्षीय उद्धब भण्डारी रहेका छन्।  

images

काठमाडौं महानगरपालिका-१६ बसन्तनगरस्थित भेटघाट क्याफेमा २ जना व्यक्तिहरूले सुकुम्बासीहरूलाई जग्गा वितरण गछौँ, फाराम भर्नुपर्छ भनी पैसा असुल गरीरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

images
images

उनीहरूको साथबाट ल्यापटप, प्रिन्टर १ थान, 'भूमिहिन दलित, भूमिहिन सुकुम्बासीले भर्ने निवेदन फाराम' लेखिएको फारमहरू, अव्यवस्थित बसोबासीले दिने निवेदनको ढाँचा लेखिएको फारामहरू, विभिन्न ब्यक्तिहरूको नाम तथा फोटो समेत राखिएका रेकर्ड फाइलहरू, स्पिकर १ थान र मोबाइल ३ थानसमेत प्रहरीले बरामद गरेको छ।  

images
images

अनुसन्धानको क्रममा उनीहरूले आफूलाई भूमि आयोगले खटाएका ब्यक्तिहरू भनी परिचय गराई काठमाडौंमा  सुकुम्बासीले ४ आना जग्गा प्राप्‍त गर्न जनही ५० हजार रुपैयाँको दरले माग गरी फारम भर्न लगाई ठगी गर्ने गरेको खुल्न आएको  प्रहरीले जनाएको छ।  

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।  

images

प्रकाशित : सोमबार, माघ २४ २०७८०६:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend