शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

नेपाल लाइफ इन्स्योरेन्सको ८ वर्षयताकै कम लाभांश प्रस्ताव किन?

images
सोमबार, माघ २४ २०७८
images
नेपाल लाइफ इन्स्योरेन्सको ८ वर्षयताकै कम लाभांश प्रस्ताव किन?
images
images

काठमाडौं-  नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड निजी क्षेत्रका ख्याति प्राप्त औद्योगिक तथा व्यापारिक घरानाहरूको समूह मिलेर स्थापना गरेको नेपालको प्रथम अग्रणी जीवन बीमा कम्पनी हो।

images
images
images

कम्पनी ऐन २०५३ तथा बीमा ऐन २०४९ अन्तर्गत मिति २०५८ बैशाखमा प्रचलित कम्पनी ऐन तथा बीमा ऐन २०४९ अन्तर्गत पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापना भएको नेपाल लाइफ इन्स्योरेन्सले छोटो समयभित्र अत्यन्तै राम्रो व्यवसायिक कारोबारमा रेकर्ड कायम गर्न सफल भएको छ।

images
images

चुस्त आन्तरिक नियन्त्रण प्रणाली तथा संस्थागत सुशासनको मध्यम तथा बीमा क्षेत्रमा नविनतम प्रविधिको प्रयोग तथा प्रोत्साहन अभ्यास गरेकोमा विभिन्न अवार्डले पनि पुरस्कृत पनि भएको छ। साथै केही महिना पहिले बीमा क्षेत्रमा नविनतम प्रविधिको प्रयोग तथा प्रोत्साहन अभ्यास गरेकोमा ग्रोथ इन्नोभेसन एण्ड लिडरसिप’ सम्मेलनमा नेपाल लाइफले उक्त अवार्ड पाएको थियो।

images
images

हालसम्म कम्पनीले १० वटा साधारण सभा सम्पन्न गरिसकेको छ। यसअघि कम्पनीको साधारण सभा होटल विष्वा विरंगजमा भएको थियो। २०७७ माघ २८ गते भएको थियो। उक्त साधारण सभामा कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट २० प्रतिशत नगद लाभांश र ३१ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको थियो। त्यसयता कम्पनीको साधारण सभा बोलाएको छैन।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हालसम्मकै ६४ प्रतिशत कम लाभांश घोषणा गरेको छ। आठवर्ष यताकै कम लाभांश प्रस्ताव गरेको उक्त कम्पनीको सेयर मूल्य आइतबार घटेको हो। कम्पनीले आर्थिक वर्ष २०७६/०७७को मुुनाफाबाट करिब १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १४ प्रतिशत बोनस सेयर रहेको छ भने शून्य दशमलव ७३ प्रतिशत नगद कर प्रयोजनसहित छुट्याएको छ।

कम्पनीका सेयरधनीहरूले लाभांशप्रति चित्त नबुुझाउँदा कम्पनीको बोनस सेयरमा गिरावट आएको हो। कम्पनीको सेयर मूूल्य घटे पनि सेयर खरिद भने बढेको छ। आइतबार उक्त कम्पनीको सेयर मूल्य ४२ करोड रुपैयाँको कारोबार भएको छ। कम्पनीको सेयर हाल बेरियस ट्रेन्डमा रहेको उक्त कम्पनीको मैनबत्ती रेखाले देखाउँछ।

कम्पनीको मूल्य अघिल्लो आर्थिक वर्षदेखि नै सानो सानो रातो मैनबत्तीको रेखा बनाउँदै अघि बढेको देखाँउछ। पुसको दोस्रो साताबाट नै कम्पनीको सेयर मूल्यमा उकालो लागेको हो। माघको पहिलो सातासम्ममा आइपुग्दा कम्पनीको सेयर मूल्य घट्दा मैनबत्तीमा एउटा ठूलो रातो आकार लिएको देखिन्छ।

कम्पनीको एक सय २० दिनको औसत कारोबारलाई हेर्नेहो भने पनि कम्पनीको सेयर मूल्य बेरियस नै रहेको पुष्टि हुन्छ। कम्पनीको एक सय १ सय ८० दिनको कारोबारलाई हेर्दा सेयर मूल्य एक हजार सात सय सात सय ८१ दशमलव शून्य पाँच रहेको छ। आइतबारसम्म कम्पनीको सेयर मूल्य १५ सय ६ रूपैयाँमा झरेको छ। कम्पनीको सुुरुवाति मूल्य १५ सय ९७ रूपैयाँ रहेको थियो। कम्पनीको हालको चुक्ता पुँजी एक खर्ब आठ अर्ब ४३ करोड १५ लाख ५८ हजार सात सय ४२ रूपैयाँ रहेको छ। 


प्रकाशित : सोमबार, माघ २४ २०७८०६:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend