मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

वृद्धितर्फ सेयर बजार, १० अर्बमाथिको कारोबार

आइतबार, वैशाख १४ २०८२
वृद्धितर्फ सेयर बजार, १० अर्बमाथिको कारोबार

आइतबार १ सय ४ वटा कम्पनीको सेयर मूल्य बढ्दा बजारमा १० अर्ब ८७ करोड ५९ लाख ९१ हजार रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- अघिल्लो साता लगातार घटेर अन्तिम कारोबारमा बढेको सेयर बजार यो साताको पहिलो कारोबारमा पनि वृद्धितर्फ लागेको छ। लगानीकर्ता विश्वस्त हुन नसक्दा उतारचढावबीच निरन्तर घटिरहेको बजार यो साता आइतबार ३.५८ अंकले बढेर २६६१.६० बिन्दुमा पुगेको छ।

आइतबार १ सय ४ वटा कम्पनीको सेयर मूल्य बढ्दा बजारमा १० अर्ब ८७ करोड ५९ लाख ९१ हजार रूपैयाँको कारोबार भएको छ। आज १ सय ४१ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ।

गएको साता चार कारोबारमा घटेर अन्तिम कारोबार दिन बजार बढेको थियो। गत आइतबार १६.६८ अंकले घटेर २७०६.४ बिन्दुमा पुगेको बजार सोमबार ७.७५ अंकले घटेर २६९८.२८ बिन्दुमा ओर्लिएको थियो। मंगलबार ९.९६ अंकले घटेर २६८८ बिन्दुमा झरेको बजार साताको चौथो कारोबार दिन बुधबार पनि ३२.३८ अंकले घटेर २६५५.९४ बिन्दुमा आइपुगेको थियो।

बिहीबार भने २.०८ अंकले बढेर बजार २६५८.०२ बिन्दुमा पुग्दा ७ अर्ब ८७ करोड ९३ लाख रूपैयाँको कारोबार भएको थियो।

सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाती भइरहँदा यो साता बजार उतारचढावबीच लगातार ओरालोतिर नै देखिन्छ। अहिले बजारको अवस्था यकिन गर्न नसकिने भए पनि सुधारतर्फ जाने अवस्था देखिएको विश्लेषकहरू बताउँछन्।

पर्ख र हेरको सोचमा रहेका लगानीकर्ताहरूले बजारको स्थायी सुधारका लागि राजनीतिक र नीतिगत स्थिरता चाहने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : आइतबार, वैशाख १४ २०८२१५:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend