काठमाडौं- अहिले नेपालमा डिजिटल कारोबारका लागि एप्लिकेशनमा आधारित विभिन्न सेवाप्रदायक छन्। यस्ता सेवाप्रदायक एउटैले सबै सुविधा दिँदैनन्। कसैले केही दिन्छन् त कसैले केही।
यही कारणले गर्दा उपभोक्ताले पनि एक भन्दा बढी एप डाउनलोड गर्ने गरेका छन्। यही समस्यालाई समाधान गर्नका लागि नेपाल राष्ट्र बैंकले नयाँ निर्देशन जारी गरेको छ।
राष्ट्र बैंकको निर्देशन अनुसार एउटा सेवाप्रदायकको सदस्य भएपछि अरु सेवाप्रादयककोमा सहजै सुविधा लिन पाइने भएको छ।
यसका लागि सेवाप्रदायकहरुले एक आपसमा अन्तरआबद्ध हुनुपर्ने छ। यस्ताव सेवाप्रदायकले निश्चित बाहेक अरुलाई निषेध वा रोकतोक गर्न पाइने छैन। यो नियम बैंक तथा वित्तीय संस्थाहरुको मोबाइल तथा इन्टरनेट बैंकिङ सेवमा पनि लागू हुने भएको छ।
यो निर्देशन अनुसार सुरक्षा थ्रेट बाहेक अरु केसमा रोक्न पाइने छैन। सुरक्षा थ्रेटको पनि पुष्टि हुनेगरी व्याख्या गर्नुपर्ने छ।