शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

जुम्लामा मह उत्पादनको तथ्यांक राखिदै, मौरीपालनमा चुनौती बढ्यो

images
आइतबार, वैशाख १४ २०८२
images
images
जुम्लामा मह उत्पादनको तथ्यांक राखिदै, मौरीपालनमा चुनौती बढ्यो

वडा कार्यालयले १ लाख रुपैयाँ खर्च गरेर मौरीपालनबाट जीविकोपार्जन गर्ने किसानलाई उक्त तालिम दिएको हो।

images
images

जुम्ला- जुम्लाको कनकासुन्दरी गाउँपालिका-१ का मौरीपालक किसानलाई सीपमूलक तालिमसहित आवश्यक सामग्री वितरण गरिएको छ। १० जना मौरीपालक किसानलाई ५ दिने तालिमसहित आवश्यक सामग्री वितरण गरिएको कनकासुन्दरी-१ का वडाध्यक्ष भीमबहादुर भण्डारीले जानकारी दिए।

images
images
images

वडा कार्यालयले १ लाख रुपैयाँ खर्च गरेर मौरीपालनबाट जीविकोपार्जन गर्ने किसानलाई उक्त तालिम दिएको हो। यी गाउँहरू मह उत्पादनमा यहाँका अन्य गाउँभन्दा अगाडि रहेको छ। वडालाई मौरी पकेट क्षेत्र घोषणा गरिने अध्यक्ष भण्डारी बताउँछन्। वडाभर अहिले ५ सय ४ मौरीघार छन्।
 
कर्णाली मौरीपालन सहकारी संस्था लिमिटेडका जिल्ला सचिव नारायण चौलागाँई गुणस्तरीय मह उत्पादनका अवसर, चुनौती, प्रशोधन, लेबलिङ र प्याकेजिङमा मौरीपालक किसानको भूमिकाबारे तालिममा सहभागीलाई सिकाएको बताउँछन्। आत्मनिर्भर बन्न व्यावसायिक सीपमूलक तालिमको अति आवश्यक रहेको कनकासुन्दरी गाउँपालिका-१ मौरीपालक किसान चन्द्रबहादुर भण्डारीको भनाइ छ।

images
images

जिल्लामा ‘सेराना’ जातको मौरी पालिन्छ। यहाँका ८ वटै स्थानीय तहका किसानले पछिल्लो समय मौरीपालनमा आकर्षित हुन थालेका छन्। कर्णाली मौरीपालन सहकारीका अनुसार जिल्लामा ८ हजार बढी मौरीघार छन्। जिल्लामा मह उत्पादनको तथ्यांक राख्न सकिएको छैन।

images
images
images

तर, अब आउने आर्थिक वर्षदेखि यहाँका सबै स्थानीय तहबाट उत्पादन हुने महको सही तथ्यांक संकलन गरिने कर्णाली मौरीपालन सहकारी संस्थाले जनाएको छ। यहाँको चन्दननाथ नगरपालिका-२ खोलीकोटका रामकृष्ण बुढ्थापा २०५२ सालदेखि अहिलेसम्म मौरीपालनमा सक्रिय छन्।

२ घारबाट व्यवसाय सुरु गरेका बुढ्थापाले अहिले १ सय ५० मौरीघार बनाइ सकेका छन्। पछिल्ला वर्षहरूमा रोग, कीरा र जंगली जनावरबाट मौरी बचाउन नसकेको किसानको गुनासो छ। साथै हिउँदमा प्रायः चिसोले मौरी मर्ने गरेका छन्।

पछिल्लो वर्षमा परागसेचन गर्ने (मौरीले मह बनाउने याम) जेठदेखि साउनमा मर्न थालेपछि मौरीका घार घट्दै गएका छन्। कम लगानीमा बढी आम्दानी लिन सकिने भएपनि समयानुकूल घार नहुनु, उपकरण प्राप्त नहुनु, सीप प्रविधिको कमी, विषादीको प्रयोग, चरन क्षेत्रको अभाव, वनजंगल नासिँदै जानु, जलवायु परिवर्तनजस्ता कारणले मौरीपालक किसानले चुनौती भोग्नुपरेको छ। रासस


प्रकाशित : आइतबार, वैशाख १४ २०८२११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend