काठमाडौं- सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। आइतरबा ९२ हजार ५ सय रुपैयाँ प्रतितोलामा छापावाल सुन कारोबार भएको थियो। सोमबार छापावाल सुन तोलामा १ सय रुपैयाँ बढेर ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेको छ। आइबार १२ सय ५० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको मूल्य सोमबारका लागि १२ सय ५५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।