शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

१३२ देखि ६३५ रुपैयाँको यात्रा गरेको युनिभर्सल पावर कम्पनीको सेयर मूल्य किन घट्यो? 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ २४ २०७८
images
१३२ देखि ६३५ रुपैयाँको यात्रा गरेको युनिभर्सल पावर कम्पनीको सेयर मूल्य किन घट्यो? 
images
images

काठमाडौं- युनिभर्सल पावर कम्पनीको सेयर मूल्य एकाएक घटेको छ। कारोबार खुलेको पहिलो दिननै प्रतिकित्ता १४.५० रुपैयाँले घटेर ४०३.५० रुपैयाँमा अन्तिम मूल्य कायम भएको छ।

images
images
images

एक लाख २ हजार कित्ता कारोबार भएको छ। पछिल्लो ५२ हप्तामा न्युनतम १३२ रुपैयाँबाट बढेर ६३५ रुपैयाँसम्म पुगेको थियो। त्यसपछि लगातार घटिरहेको छ। वित्तिय अवस्थामा केही सुधार गरेको कम्पनीमा सेयर लगानीकर्ताको आकर्षण बढेको थियो। तर केही साता यता भने कम्पनीको सेयर मूल्य घटिरहेको छ।

images
images
upcl.png

नेप्सेमा २१ करोड कित्ता सूचिकृत रहेको कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ। कम्पनीको बजार पुँजीकरण ८ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ। कम्पनीले गत वर्ष ३३ लाख रूपैयाँ नाफा गरेको थियो भने प्रतिसेयर आम्दानी १.५९ रुपैयाँ रहेको छ। यसैगरी कम्पनीको नेटवर्थ १०६.३९ रुपैयाँ रहेको छ। 

images
images


प्रकाशित : सोमबार, माघ २४ २०७८०१:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend