सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

हिउँमा फसेकाका लागि हेलिकप्टरमार्फत पुर्‍याइयो खाद्यान्न 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ २३ २०७८
images
images
हिउँमा फसेकाका लागि हेलिकप्टरमार्फत पुर्‍याइयो खाद्यान्न 

५५ जना हिउँमा फसेको खबरपछि कर्णाली प्रदेश सरकारको टोली राहत सामग्रीसहित आइतबार गाग्रा पाटनमा पुगेर केही दिनलाई पुग्ने राहत सामग्री दिएको हो।

images
images

खलङ्गा- जुम्लाको तातोपानी गाउँपालिका-८ स्थित गाग्रा लेकका विभिन्न स्थानमा हिउँमा फसेका स्थानीयवासीलाई कर्णाली प्रदेश सरकारले  हेलिकप्टरमार्फत खाद्यान्न सामग्री सहयोग पुर्‍याएको छ। सुर्खेतबाट पठाइएको नेपाली सेनाको हेलिकप्टरले तीन स्थानमा खानेकुरा पुर्‍याएर फर्किएको वक्स गण जुम्लाका गणपति रविन थापाले जानकारी दिए।

images
images

जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले स्थानीय तातोपानी गाउँपालिका र प्रदेश सरकारसँग समन्वय गरेर हिउँ फसेका व्यक्तिलाई खानेकुरा पठाइएको र फसेका व्यक्तिहरू सुरक्षित भएको जानकारी दिइन्।

images
images

सो क्षेत्रमा खाने कुरा लिएर साथमा गएका सोही वडाका स्थानीयवासी सुरतबहादुर शाहीका अनुसार तातोपानी गाउँपालिका-८ जुम्लाको टोप्ला गाउँबाट एक दिनको दूरीमा रहेको गाग्रा पाटनको गाग्रा, एडिओडार, खोटीसल्लामा खाद्यान्न सामग्री प्रदान गरेका छौँ। हिउँले पाटनमा हेलिकप्टर बस्न नसकेको तर तिनै स्थानमा मानिस देखिएका थिए। 

images
images
images

हिउँमा फसेका स्थानीयवासी सकुशल

सेतो चिनी खिरौला र जडिबुटी सङ्कलन गर्न पाटनमा गएका स्थानीयवासी बिहीबारदेखि भएको भारी हिमपातले घर फर्किन नसकेर हिउँमा फसेकोमा ३४ स्थानीयवासी सकुशल रहेका छन्। ५५ जना हिउँमा फसेको खबरपछि कर्णाली प्रदेश सरकारको टोली राहत सामग्रीसहित आइतबार गाग्रा पाटनमा पुगेर केही दिनलाई पुग्ने राहत सामग्री दिएको हो। राहत वितरण गर्न पुगेका तातोपानी-८ का स्थानीयवासी शाहीले सकुशल रहेको बताएका छन्।

'बाक्लो हिउँ जमेकाले हेलिकप्टर अवतरण हुन सकेन। माथिबाटै राहत फाल्यौँ। मलाई देखेपछि सबै चिनेका स्थानीयले तलबाटै नमस्कारसमेत गरे। एडी ओढारमा बसेका १४/१५ नागरिकसहित तीन स्थानमा बसेका झण्डै २० जना राहत लिन बाहिर देखिएका थिए। उनीहरूलाई तीन दिनसम्म पुग्ने चाउचाउ, बिस्कुट, दालमोट, चिउरा र औषधि दिएका छौँ। सबै सकुशल र ढुक्क रहेका छन्' उनले भने।

पाटन भरी तीन/चार पटक हेलिकप्टर घुमाएर हेर्दा सबै स्थानीयवासी भेटिएका छन्। धेरै ठाउँमा आगो बालेको धुवाँ आइरहेकाले सबै सुरक्षित नै रहेको स्थानीयवासी शाहीले बताए। सो वडाको गाग्रा पाटनमा ५५ हिउँमा फसेको भनिए पनि ३४ जनामात्रै रहेको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन्।

जम्मा ३६ जना रहेकोमा दुई शनिबार नै धर्मशालासम्म आएकाले गर्दा ३४ हिउँमा फसेका हुन्।

'प्रदेश सरकारको उद्धार टोलीले राहत दिँदा झण्डै २० नागरिक राहत लिन देखापरेकाले अन्य नागरिक पनि सुरक्षित नै रहेका छन्। खाद्यन्न अभाव रहेको भनिएको थियो। राहत सामग्री पुराएपछि तत्काल कुनै खतरा नरहेको सबैको अवस्था सामान्य नै रहेको छ' प्रजिअ प्रसाईंले बताइन्।

यस्तै पाटनमा सेतो चिनी खिरौला जटिबुटी सङ्कलन कोर्न गएका तातोपानी गाउँपालिका-८ की महिला वर्ष ३७ की देवी शाही र तातोपानी-७ बारगाउँका वर्ष ४६ का मुन रावतको अत्याधिक चिसोले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताएका छन्। रासस


प्रकाशित : आइतबार, माघ २३ २०७८१३:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend