शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

प्रतिनिधिसभामा वैकल्पिक विकास वित्त परिचालन विधेयक पेस हुँदै

images
शुक्रबार, वैशाख १२ २०८२
images
प्रतिनिधिसभामा वैकल्पिक विकास वित्त परिचालन विधेयक पेस हुँदै

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका छन्।

images
images

काठमाडौं- प्रतिनिधिसभाको छैठौँ अधिवेशनको पहिलो बैठक सुरु भएको छ। आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका छन्।

images
images
images

उनले संसद्को यो अधिवेशन कानून निर्माण, जनताका आकांक्षा सम्बोधनलगायत विषयमा प्रभावकारी बन्ने अपेक्षा व्यक्त गरे।

images
images

'यो अधिवेशनमा सरकारले नीति तथा कार्यक्रम, बजेटसँगै अन्य कानून संसद्‌मा पेस गर्नेछ भन्ने अपेक्षा छ। संसद् जनताको आवाज उठाउने थलो सँगसँगै मुलुकका लागि आवश्यक कानून निर्माण गर्ने स्थान पनि हो', सभामुख घिमिरेले भने, 'कानून निर्माणमा ढिलाइ हुँदा नागरिकमा देखिएका असन्तुष्टिलाई यो अधिवेशनले चिर्न सक्ने विश्वास छ। पारदर्शीता, सामाजिक न्याय र जवाफदेहिताका लागि संसद्ले प्रभावकारी भूमिका खेल्ने छ।'

images
images

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका छन्।

यस्तै, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरूको मनोनयनसमेत गरिएको छ। जसमा सांसदहरू अमृतादेवी अग्रहरी, डा चन्दा कार्की भण्डारी, दुर्गा राई, बुद्धिमान तामाङ, मुक्ता यादव, राजेन्द्रकुमार केसी र हेमराई राई मनोनित भएका छन्।

आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पेस गर्ने कार्यसूची छ। रासस


प्रकाशित : शुक्रबार, वैशाख १२ २०८२१३:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend