शनिबार, वैशाख १३ गते २०८२    
शनिबार, वैशाख १३ २०८२
images
images

७ वर्षसम्म पुल नबनेपछि ठेक्का तोडियो, निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

images
शुक्रबार, वैशाख १२ २०८२
images
७ वर्षसम्म पुल नबनेपछि ठेक्का तोडियो, निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

पुल निर्माणको ठेक्का शान्ति-आरोग्य जेभी सानेपा ललितपुरले पाएको थियो।

images
images

कास्की- पोखरा महानगरपालिका-४ र ५ जोड्ने फिर्केखोला पुल निर्माणको ठेक्का तोडिएको छ। सडक डिभिजन कार्यालय पोखराले सो पुल निर्माणका लागि २०७५ असोजमा ठेक्का सम्झौता गरेको थियो। 

images
images
images

तर, निर्माण कम्पनीले काम सम्पन्न नगरेको र काम गर्ने अग्रसरतासमेत नदेखाएपछि कार्यालयले ठेक्का तोडेको हो। पुल निर्माणको ठेक्का शान्ति-आरोग्य जेभी सानेपा ललितपुरले पाएको थियो। सडक डिभिजन कार्यालयले पटकपटक म्याद थप्दासमेत काम नगरेपछि ठेक्का तोडिएको डिभिजन कार्यालय पोखराका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर (सीडीई) नबराज बाँस्तोलाले बताए।

images
images

‘पुल निर्माण गर्न पटकपटक म्याद थप गर्दा पनि काम सम्पन्न नभएको तथा कार्य सम्पन्न गर्न सक्ने प्रतिबद्धता र तदारूकता नदेखाइएकाले नियमानुसार ठेक्का सम्झौता अन्त्य गरिएको हो’ प्रमुख बाँस्तोला भन्छन्, ‘अब अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएपछि नयाँ ठेक्का प्रक्रिया सुरु हुन्छ।’

images
images

साथै सडक डिभिजन कार्यालयले सो पुल निर्माण कम्पनी शान्ति-आरोग्य जेभीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ। ‘सार्वजनिक खरिद ऐन, २०६३ दफा ५९ (८) र ठेक्का सम्झौताको प्राबधानबमोजिम कार्यसम्पादन, पेस्कि जमानत र धरौटीबापतको रकम जफत हुन्छ।

त्यस्तै पोखरा कार्यालय, प्रशासन, कोष तथा लेखा नियन्त्रक कार्यालय र निर्माण व्यवसायी वा निजको आधिकारिक प्रतिनिधिको रोहबरमा ८ देखि १५ दिनभित्र हालसम्म अद्यावधिक भएको काम र बाँकी कामको नापजाँच गरी मूल्यांकन गर्नेसमेत कार्यालय प्रमुख बाँस्तोलाले बताए।

पोखरा-बागलुङ राजमार्गअन्तर्गत पोखराको जिरो किमीबाट वन्ध्यवासिनीसम्मको ६ लेन सडकको बीचमा फिर्केखोलामाथि साँघुरो पुलका कारण दुर्घटना बढेको छ। जसका कारण नयाँ पुल निर्माण प्रक्रिया सुरु गरिएको हो। अहिले भइरहेको साँघुरो पुलको दायाँ-बायाँ ११ मिटर चौडाइ र ५०-५० मिटर लम्बाइका दुईवटा पुल निर्माणका लागि १७ करोड १० लाख रुपैयाँमा सडक डिभिजन कार्यालयले ठेक्का सम्झौता गरेको थियो।

सो पुल सम्झौताको ३० महिना अर्थात् २०७७ चैत ३० भित्रमा निर्माण सकिनुपर्ने भएपनि निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै आलटाल गर्दै आएको थियो। पुल निर्माण गर्न ३ पटकसम्म म्याद थप भइसकेको छ। सडकअनुसार फिर्केखोला पुल साँघुरो हुँदा धेरै दुर्घटना भइरहेका छन्। स्थानीयवासीले पनि पुलः निर्माण तोकिएको समयभित्रमा सम्पन्न गर्न जिल्ला प्रशासनलगायत कार्यालयमा दबाब दिँदै आएका थिए। रासस


प्रकाशित : शुक्रबार, वैशाख १२ २०८२११:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend