शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षा र हिमपात हुने पूर्वानुमान

images
शुक्रबार, वैशाख १२ २०८२
images
images
कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षा र हिमपात हुने पूर्वानुमान

हाल देशमा मुख्यतया स्थानीय वायुसँग सम्बन्धित मौसमी प्रणाली सक्रिय रहेको छ।

images
images

काठमाडौं- हाल देशमा मुख्यतया स्थानीय वायुसँग सम्बन्धित मौसमी प्रणाली सक्रिय रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने अन्य स्थानको मौसम सामान्यतया सफा रहेको छ।

images
images
images

पछिल्लो २४ घन्टाको अवधिमा कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ। शुक्रबार दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भागमा मौसम प्रायः सफा रहने पूर्वानुमान गरिएको छ।

images
images

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। यस्तै, यी प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपात पनि हुन सक्ने महाशाखाले जनाएको छ।

images
images
images

शुक्रबार रातिको मौसम पनि यस्तै रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहन सक्नेछ भने अन्य क्षेत्रमा मौसम प्रायः सफा रहनेछ।

रातिको समयमा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ। साथै, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा तथा कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।


प्रकाशित : शुक्रबार, वैशाख १२ २०८२०६:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend