काठमाडौं- बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)ले तरलता अभावको समाधानका लागि २३ वटा सुझाव दिएको छ।
सीबीफीनले अध्ययन समिति गठन गरेर सार्वजनिक गरेको प्रतिवेदनमा तरलता अभाव हुनुमा मुख्य ९ सहित समाधानका लागि २३ वटा सुझाव दिएको हो।
नबिल बैंक सञ्चालक समितिका अध्यक्ष तथा नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष उपेन्द्र पौडेलको संयोकत्वमा समिति गठन भएको थियो। समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्दै यस्तो सुझाव दिएको हो।
सुझावहरू संघले राष्ट्र बैंकका गभर्नरलाई बुझाइसकेको छ। आइतबार संघले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।
कतिपय सुझाबहरू कुनै बैंक तथा वित्तीय संस्था आफैले लागू गर्नुपर्ने र कतिपय नेपाल राष्ट्र बैंकले सम्बोधन गर्ने प्रतिवेदनमा उल्लेख छ।
सीबीफीनले तरलता अभाव हुनुको पहिलो कारण असन्तुलित अर्थतन्त्रको कारण पर्ने तरलता चाप देखाएको छ भने दोस्रोमा कर्जाको चाप रहेको प्रतिवेदनमा उल्लेख छ।
तरलता अभावका कारण्हरू
- असन्तूलित अर्थतन्त्रको कारण पर्ने तरलता चाप
- कर्जा बढेका कारण तरलतामा परेको चाप
- निक्षेप मिश्रणले ल्याएको तरलता असन्तूलन
- कर्जा मिश्रणले ल्याएको तरलता असन्तूलन
- सहकारी क्षेत्रको बढ्दो बचत परिचालन
- विप्रेषण आप्रवाहमा कमी
- सरकारी ऋणपत्र तथा ट्रृजरी बिल्समा लगानीका सीमित अवसर
- नगण्य पुँजीगत खर्च
- बढ्दो आयातको चाप
समाधानका उपायहरू
- समन्वयात्मकरुपमा कार्य गर्ने
- कर्जा बृद्धिको रणनीतिलाई बैंक तथा वित्तीय संस्थाले पुनरावलोकन गर्ने
- कोभिड १९ ले असर पारेको कर्जालाई स्वीकार गर्ने
- सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाका लागि प्रकृया अगाडि बढाउने
- कर्जाको व्याजदर निर्धारण र शुल्क निर्धारण गर्ने कार्य बजारलाई छोडिदिने
- व्याजदर स्थिरता कायम गर्ने र निक्षेपको मिश्रण सुधार गर्ने नीति ल्याउने
- तुलनात्मकरुपमा व्याजदर स्थीर हुँदा पर्ने सकरात्मक प्रभाव
- निक्षेप मिश्रणमा सुधार गर्नुपर्ने कारण र सुधारका लागि सुझावहरू
- कर्जाको मिश्रण सुधार गर्ने नीति
- सहकारी क्षेत्रलाई नियमन गर्ने पूर्वाधार संयन्त्र बनाउने
- विप्रेषणलाई प्रोत्साहित गर्ने नीति ल्याउने
- पुँजीगत खर्च समयमै खर्च गर्ने परिपाटी बसाउने
- दिगो वित्तीय मार्गचित्र बनाउने
- शैक्षिक क्षेत्र र श्रम बजारको बिकास गर्ने योजना बनाइ लाग गर्ने
- सफ्टवेयर आयात गर्ने देशबाट निर्यात गर्ने देश बनाउने
- कृषि क्षेत्रमा गएको कर्जाको अध्ययन गर्ने
- विपन्न वर्गमा गएको कर्जाको अध्ययन गर्ने
- Domestic Systemically Important Banks घोषणा गरी लाग गर्ने
- बृहत प्रभाव पर्ने रणनीति चरणबद्धरुपमा लागू गर्ने
- वार्षिक कार्ययोजनाको पुनरावलोकन र सुपरिवेक्षण
- Countereyclical Capital Buffer लाई चरणबद्धरुपमा लागू गर्ने
- कर्जा बाहेक तरल सम्पत्तीमा लगानी गर्ने वातावरण बनाउने
- उत्पादनशील क्षेत्रमा कर्जा बृद्धि गर्ने बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहित गर्ने
- निर्यात बढाउने र आयात प्रतिस्थापनका योजना ल्याउने
तत्काल सम्बोधन गर्न सकिने सुझावहरू
- समन्वयात्मकरुपमा अघि बढ्ने
- व्यवसाय बिस्तारमा सम्यंता अपनाउने र कर्जा बिस्तार विस्तार रणनीतिलाई पुनरावलोकन गर्ने
- विप्रेषणलाई प्रोत्साहन गर्ने नीति ल्याउने
- आयात निरुत्साहित गर्ने कार्यक्रम ल्याउने
- स्वदेशी बस्तु तथा सेवा प्रयोग गर्न प्रोत्साहन गर्ने नीति ल्याउने,
- निक्षेप र कर्जाको मिश्रणमा सुधार गर्दै लैजाने
- नेपाल राष्ट्र बैंकमा पेश गरिने बार्षिक बजेट तथा व्यवसाय बिस्तार योजनालाई सुपरिवेक्षण गर्ने
- बृहतरुपमा प्रभाव पार्ने नीति ल्याउदा लागू गर्नका लागि प्रर्याप्त समय प्रदान गर्ने
- नेपाल सरकारले नेपाल राष्ट्र बैंक मार्फत पुनरकर्जाको रकमलाई अझ बृद्धि गरी कृषि, घरेलु उद्योग जस्ता उत्पादनशिल क्षेत्रको सर्ट र मध्यम टर्म पुनरकर्जा उपलब्ध गराउने, आदि।
क्रमशः लागु गर्दै जान सकिने सूझावहरू
- कोभिड्को प्रभावित कर्जालाई पहिचान गरी प्रोभिजिनिङ्गको व्यवस्था गर्ने
- आयात प्रतिस्थापनका नीति ल्याउने
- पुँजीगत खर्चलाई समयमै खर्च गर्ने परिपाटी बसाउने
- व्याजदर तथा शुल्क निर्धारण गर्ने कार्य बजारलाई छोडी दिने
- Domestic Systemically Important Banks घोषणा गर्ने
- Countercyclical Buffer Capital लागू गर्ने
- उत्पादनमूलक क्षेत्रमा बढी कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहित गर्ने किसिमका कार्यक्रम ल्याउने, आदि।
यस्तो छ प्रतिवेदन