शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

टहरा भत्काएर सडक विस्तार

images
बिहीबार , वैशाख ११ २०८२
images
images
टहरा भत्काएर सडक विस्तार

हुलाकचोक, तल्लो दरवाङ, पुलचोक र झोलुूगे पुलतर्फ सडकका दुवै किनारमा  ४०० मिटर लामो पानी निकासका निम्ति नाली निर्माण भएको छ।

images
images

म्याग्दी- मालिका गाउँपालिका-६ दरवाङका बासिन्दाले आफै घरका पेटी र विभिन्न प्रयोजनका निम्ति बनाइएका टहरा भत्काएर सडक विस्तार गरेका छन्।

images
images
images

दरवाङ बजारको सडक स्तरोन्नति योजनामार्फत सडक फराकिलो पार्न स्थानीयले आफ्ना घरआँगनका संरचना भत्काएका मालिका गाउँपालिका-६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए।

images
images

यसअघि तीन दशमलव पाँच मिटर फराकिलो सडकको दायाँबायाँका संरचना हटाएर पाँच दशमलव पाँच मिटर फराकिलो बनाइएको उनले जानकारी दिए।

images
images
images

हुलाकचोक, तल्लो दरवाङ, पुलचोक र झोलुंगे पुलतर्फ सडकका दुवै किनारमा  ४०० मिटर लामो पानी निकासका निम्ति नाली निर्माण भएको छ।

मालिका गाउँपालिकाले ४७ लाख ५३ हजार रूपैयाँ अनुदान उपलब्ध गराएको योजना कार्यान्वयनका लागि उपभोक्ताले पाँच लाख ४१ हजार आठ सय ३३ रूपैयाँ बराबरको श्रमदान गरेका थिए। रासस


प्रकाशित : बिहीबार , वैशाख ११ २०८२१०:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend