शनिबार, वैशाख १३ गते २०८२    
शनिबार, वैशाख १३ २०८२
images
images

जानकी फाइनान्सलाई राष्ट्र बैंकको शीघ्र सुधारात्मक कारबाही, निक्षेप संकलन तथा कर्जा प्रवाहमा रोक

images
बुधबार, वैशाख १० २०८२
images
जानकी फाइनान्सलाई राष्ट्र बैंकको शीघ्र सुधारात्मक कारबाही, निक्षेप संकलन तथा कर्जा प्रवाहमा रोक

जानकी फाइनान्सको प्राथमिक पुँजीकोष ऋणात्मक अवस्थामा पुगेको छ भने चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले करिब १० करोड रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ।

images
images

काठमाडौं- राष्ट्र बैंकको वित्तीय संस्था नियमन विभागले जानकी फाइनान्समाथि शीघ्र सुधारात्मक कारबाही सुरु गरेको छ। चालु आर्थिक वर्ष २०८१ को मंसिर मसान्तसम्ममा संस्थाले कायम गर्नुपर्ने न्यूनतम पुँजीकोष पूरा गर्न नसकेको भन्दै यस्तो कदम चालिएको हो।

images
images
images

जानकी फाइनान्सको प्राथमिक पुँजीकोष ऋणात्मक अवस्थामा पुगेको छ भने चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले करिब १० करोड रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। साथै, कम्पनीको खराब कर्जा अनुपात ४४ प्रतिशतसम्म पुगेको राष्ट्र बैंकले जनाएको छ।

images
images

राष्ट्र बैंकले 'बैंक तथा वित्तीय संस्था शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली' अन्तर्गत विनियम ३ को खण्ड (ग) बमोजिम कारबाही अघि बढाएको हो। फाइनान्सको पुँजीकोष राष्ट्र बैंकले तोकेको न्यूनतम सीमाभन्दा ५० देखि ७५ प्रतिशतले कम भएपछि थप निक्षेप संकलन तथा कर्जा प्रवाहमा प्रतिबन्ध लगाइएको छ।

images
images

त्यस्तै, कम्पनीले नयाँ निक्षेप खाता तथा कर्जा खाता खोल्न पनि पाउने छैन। शीघ्र सुधारात्मक कारबाहीको प्रभावस्वरूप कर्मचारीहरूको तलब, भत्ता तथा सेवा सुविधामा वृद्धि गर्न समेत निषेध गरिएको छ। साथै, उच्च पदस्थ कर्मचारीहरूको बढुवा गर्न राष्ट्र बैंकको पूर्वस्वीकृति आवश्यक पर्नेछ।

राष्ट्र बैंकले आगामी ६ महिनाभित्र जानकी फाइनान्सले तोकिएको न्यूनतम पुँजीकोष अनुपात कायम गर्नुपर्ने जनाएको छ। यदि उक्त अवधिमा कम्पनीले पुँजीकोष सुधार गर्न नसकेको खण्डमा राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० अनुसार थप कडा कारबाही प्रक्रिया अघि बढाइने छ।

वित्तीय संस्थाको स्थायित्व तथा निक्षेपकर्ताको हित संरक्षणका लागि राष्ट्र बैंकले यस्तो निर्णय लिएको हो।


प्रकाशित : बुधबार, वैशाख १० २०८२२०:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend