शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

प्रधानमन्त्री ओलीसँग युएईका उपप्रधानमन्त्रीको भेट, व्यापार र लगानीका विषयमा छलफल

images
बुधबार, वैशाख १० २०८२
images
images
प्रधानमन्त्री ओलीसँग युएईका उपप्रधानमन्त्रीको भेट, व्यापार र लगानीका विषयमा छलफल

भेटमा दुई देशबीचको आपसी मित्रवत् सम्बन्धका विविध पक्षका साथै व्यापार र लगानीका विषयमा छलफल भएको थियो।

images
images

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अरब इमिरेट्स (युएई) का उपप्रधानमन्त्री एवं विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाह्यानले आज शिष्टाचार भेटवार्ता गरेका छन्।

images
images
images

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा दुई देशबीचको आपसी मित्रवत् सम्बन्धका विविध पक्षका साथै व्यापार र लगानीका विषयमा छलफल भएको थियो।

images
images

प्रधानमन्त्री ओलीले विकासको मार्गमा युएईले गरेको तीव्र प्रगतिको प्रशंसा गर्दै नेपालमा जलविद्युत्, हरित ऊर्जा, हाइड्रोइनर्जीलगायत क्षेत्रमा लगानी विस्तारका लागि आग्रह गरेका छन्। उपप्रधानमन्त्री नाह्यानले युएईका व्यवसायीलाई नेपालको पर्यटन, ऊर्जा, कृषिलगायत क्षेत्रमा लगानी विस्तारका लागि प्रोत्साहन गर्ने बताएका छन्।

images
images
images

साथै नेपालसँग स्वतन्त्र व्यापार सम्झौता गर्न आफूहरू तत्पर रहेको पनि उनको भनाइ छ। विदेशमन्त्री नाह्यान नेपालको दुईदिने भ्रमणका लागि मङ्गलबार काठमाडौँ आएका हुन्। रासस


प्रकाशित : बुधबार, वैशाख १० २०८२१७:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend