मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

एनएमबि बैंकका सीईओ गोविन्द घिमिरेले सम्हाले कार्यभार

बुधबार, वैशाख १० २०८२
एनएमबि बैंकका सीईओ गोविन्द घिमिरेले सम्हाले कार्यभार

तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका घिमिरे विगत १६ वर्षदेखि एनएमबि बैंकसँग आबद्ध छन्।

काठमाडौं- एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यभार आजबाट गोविन्द घिमिरेले औपचारिकरुपमा सम्हालेका छन्।

तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका घिमिरे विगत १६ वर्षदेखि एनएमबि बैंकसँग आबद्ध छन्। बैंकको विभिन्न विभाग तथा शाखाहरु समेतको नेतृत्व गरी कार्यअनुभव हासिल गरेका घिमिरे यसअघि बैंकको नायब प्रमुख कार्यकारी अधिकृत थिए। उनले बैंकको सेवा विस्तार र सुधारमा महत्वपूर्ण योगदान दिँदै आएको बैंकले जनाएको छ।

बैंकका अनुसार बैंकको व्यापार, वित्त, क्रेडिट जोखिम व्यवस्थापन, रणनीतिक योजना निर्माण र सञ्चालन सुधारका कार्यहरूमा उनको योगदान महत्वपूर्ण रहँदै आएका छन्।

उनले एनएमबि बैंकको सञ्चालन प्रणालीमा सुधार ल्याउन, प्रविधिमा आधारित सेवा विस्तार गर्न र दिगो बैंकिङ अभ्यासहरूलाई अघि बढाउन निरन्तर सक्रिय भूमिका निभाएका थिए। उनको बैंकिङ अनुभवले एनएमबि बैंकलाई थप प्रगति र समृद्धिको मार्गमा अघि बढाउने विश्वास बैंकले लिएको छ।

नव नियूक्त कार्यकारी अधिकृत गोविन्द घिमिरेले प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्दै बैंक संचालक समिति तथा ब्यवस्थापन समक्ष आगामी योजना तथा बैंकको प्रगतिका लागि देहाय बमोजिमको धारणा व्यक्त गरेका थिए।  

'मेरो प्राथमिकता नवप्रवर्तन, दिगो साझेदारी र समावेशी वित्तीय सेवामा केन्द्रित हुनेछ, जसले बैंकलाई अझ प्रभावशाली र अर्थपूर्ण बनाउनेछ। डिजिटल प्रविधि र नयाँ सोचको समावेशसँगै हामी ग्राहक, समुदाय र राष्ट्रसँग मिलेर दिगो र सकारात्मक परिवर्तन ल्याउने दिशामा अघि बढ्नेछौँ', उनले भने।

साथै, आजैका मितिबाट लागु हुनेगरी बैंकका हालका नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्नेका थिए। स्वदेशी तथा विदेशी बैंकहरुमा कार्य गरी कार्यअनुभव प्राप्त गरेका उपाध्याय अन्तर्राष्ट्रिय व्यापार तथा अन्तर्राष्ट्रिय सम्बन्धका साथै बैंकिङ व्यवसाय गहिरो ज्ञान भएका बैंकर मानिन्छन्।


प्रकाशित : बुधबार, वैशाख १० २०८२१५:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend