मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

थामिएन सेयर बजारको ओरालो यात्रा, बुधबार ३२ अंकले घट्दा ७ अर्ब ५७ करोडको कारोबार

बुधबार, वैशाख १० २०८२
थामिएन सेयर बजारको ओरालो यात्रा, बुधबार ३२ अंकले घट्दा ७ अर्ब ५७ करोडको कारोबार

बुधबार २८ कम्पनीको मात्र सेयर मूल्य बढ्दा २ सय १७ कम्पनीको सेयर मूल्य घटेको छ। आज बजारमा ७ अर्ब ५७ करोडको कारोबार भएको छ।

काठमाडौं- लगानीकर्ता विश्वस्त हुन नसक्दा सेयर बजारमा यो साताको चौथो कारोबार दिन बुधबार पनि बजार घटेको छ। 

लगातार घटिरहेको बजार बुधबार पनि ३२.३८ अंकले घटेर २६५५.९४ बिन्दुमा ओर्लिँदा ७ अर्ब ५७ करोड ५५ लाख रूपैयाँको कारोबार भएको छ। बुधबार २८ कम्पनीको मात्र सेयर मूल्य बढ्दा २ सय १७ कम्पनीको सेयर मूल्य घटेको छ भने एक कम्पनीको सेयर मूल्यमा घटबढ भएको छैन।

यो साता पहिलो कारोबार दिन आइतबार १६.६८ अंकले घटेर २७०६.४ बिन्दुमा पुगेको बजार सोमबार ७.७५ अंकले घटेर २६९८.२८ बिन्दुमा ओर्लिएको थियो। मंगलबार पनि बजार ९.९६ अंकले घटेर २६८८ बिन्दुमा पुग्दा ८ अर्ब ३२ करोडको कारोबार भएको थियो।

सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाती भइरहँदा यो साता बजार उतारचढावबीच लगातार ओरालोतिर नै देखिन्छ। अघिल्लो साता निरन्तर उचाइतर्फ लागेको बजारले यो साता वृद्धिको लय लिन सकेन।

अहिले बजारको अवस्था यकिन गर्न नसकिने भए पनि सुधारतर्फ जाने अवस्था देखिएको विश्लेषकहरू बताउँछन्। पर्ख र हेरको सोचमा रहेका लगानीकर्ताहरूले बजारको स्थायी सुधारका लागि राजनीतिक र नीतिगत स्थिरता चाहने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : बुधबार, वैशाख १० २०८२१५:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend