मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

नेपाल चिया विकास निगमले आईपीओ जारी गर्ने

मंगलबार, वैशाख ९ २०८२
नेपाल चिया विकास निगमले आईपीओ जारी गर्ने

मुलुकको ठूलो चिया उत्पादक तथा वितरक कम्पनी नेपाल चिया विकास निगम लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। यसका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडसँग प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सम्झौता गरेको छ।

काठमाडौं- मुलुकको ठूलो चिया उत्पादक तथा वितरक कम्पनी नेपाल चिया विकास निगम लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। यसका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडसँग प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सम्झौता गरेको छ।

सम्झौतासँगै निगमले सार्वजनिक रुपमा ६ लाख साधारण सेयर जारी गर्ने तयारी गरेको छ। कम्पनीले विभिन्न प्रकारका चिया प्रशोधन, प्याकेजिङ र बिक्रीको कारोबार गर्दै आएको छ। टोकला र इलाम ब्रान्डका चियामार्फत परिचित कम्पनीले आन्तरिक बजारमा बिक्रीसँगै अन्तर्राष्ट्रिय बजारमा चिया निर्यात गर्दै आएको छ।

आईपीओ सम्झौतामा निगमका कार्यकारी अध्यक्ष सुभाषचन्द्र संघाई र एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले हस्ताक्षर गरे। सम्झौता अवसरमा संघाइले भने, 'आईपीओ सार्वजनिक गर्न हामी यो महत्त्वपूर्ण कदम चाल्दैछौँ भन्नेमा अत्यन्त उत्साहित छौँ। एनएमबि क्यापिटललाई इस्यु म्यानेजरको रूपमा चयन गर्नु हाम्रो विश्वासको प्रतीक हो। यो सम्झौता हाम्रो दीर्घकालीन प्रतिबद्धता र मूल्य सिर्जना यात्राको महत्त्वपूर्ण पाटो हो।'

एनएमबि क्यापिटलका सीइओ वैद्यले कम्पनीको सार्वजनिक निष्कासनलाई सफल बनाउन पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए। पुरानो र बजारमा स्थापित चिया कम्पनीको आईपीओले लगानीकर्ताका लागि आधार विस्तार गर्नुका साथै घरेलु तथा अन्तर्राष्ट्रिय चिया बजारमा उपस्थितिलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको कार्यक्रममा बताइयो।


प्रकाशित : मंगलबार, वैशाख ९ २०८२१८:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend