मंगलबार, वैशाख ९ गते २०८२    
मंगलबार, वैशाख ९ २०८२
images
images

एनसेल बन्यो डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सूचीकृत हुने पहिलो र एकमात्र कम्पनी

images
मंगलबार, वैशाख ९ २०८२
images
एनसेल बन्यो डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सूचीकृत हुने पहिलो र एकमात्र कम्पनी

सो सूचीकरणसँगै एनसेल नयाँ कानूनी व्यवस्थाअनुसार पनि डाटा सेन्टर र क्लाउड सेवा सहजै प्रदान गर्नसक्ने पहिलो र एकमात्र कम्पनी बनेको छ।

images
images

काठमाडौं- एनसेल डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सूचीकृत हुने पहिलो र एकमात्र नेपाली कम्पनी बनेको छ।

images
images
images

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत सूचना प्रविधि विभागले एनसेललाई डाटा सेन्टर सेवा प्रदायक र क्लाउड सेवा प्रदायकका रुपमा सूचीकृत गरेको हो। डाटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०८१ मा भएको कानूनी व्यवस्थाबमोजिम आइतबार एनसेल सूचीकृत भएको हो।

images
images

विभागले कम्पनीको प्रत्यक्ष निरीक्षण तथा कम्पनीबाट पेस भएको निवेदन तथा कागजातको गहन अध्ययन गर्दा कम्पनीले तोकेको सञ्चालन मापदण्ड तथा सुरक्षा अनुसरण गरेको देखिएकोले कम्पनीलाई सूचीकृत गरिएको विभागले जनाएको छ।

images
images

निर्देशिकाअनुसार सञ्चालनमा रहेका डाटा सेन्टर र क्लाउड सेवा प्रदायकले ६ महिनाभित्रै विभागमा सूचीकृत भइसक्नुपर्ने प्रावधान रहेको थियो। एनसेलले सो अवधिभन्दा पहिला नै आफूलाई सूचीकृत गराएको हो।

यो निर्देशिका २०८१ माघ १५ गतेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको मन्त्रीस्तरिय निर्णयबाट स्वीकृत भएपछि कार्यान्वयनमा आएको थियो। निर्देशिकाले सेवा प्रदायकहरूको लागि सुरक्षा, गोपनीयता र पूर्वाधार लगायतका महत्वपूर्ण क्षेत्रहरूमा नियमहरू निर्धारण गरेको छ।

डाटा सेन्टर र क्लाउड सेवा सञ्चालनका लागि छुट्टाछुट्टै सूचीकृत हुनुपर्ने निर्देशिकाको व्यवस्था बमोजिम एनसेलले आफूलाई यी दुवै सेवाका लागि छुट्टाछुट्टै सूचीकरण गराएको छ। सो सूचीकरणसँगै एनसेल अब नयाँ कानूनी व्यवस्थाअनुसार पनि डाटा सेन्टर र क्लाउड सेवा सहजै प्रदान गर्नसक्ने पहिलो र एकमात्र कम्पनी बनेको छ।

हाल एनसेलको ललितपुरको नख्खुमा बैंक, सरकारी निकाय र ठूला व्यावसायिक संस्थाले प्रयोग गर्न मिल्ने अत्याधुनिक टियर थ्री डाटा सेन्टर सञ्चालनमा रहेको छ। त्यसैगरी एनसेलले पोखरा र हेटौँडामा गरी दुई डिजास्टर रिकभरी डाटा सेन्टरहरु सञ्चालन गर्दै आएको छ। 

'हामीले साइबर सुरक्षा, डेटा गोपनीयतालाई उच्च प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसार काम गर्दै आएकाले सूचीकरणको प्रक्रिया सहज भएको हो। डाटा सेन्टर र क्लाउड सेवाहरूको बढ्दो बजारलाई ध्यानमा राख्दा यो सूचीकरण अत्यन्त महत्वपूर्ण छ। यसले डिजिटल नेपाल भिजन अनुरुप एनसेल सूचना प्रविधि क्षेत्रको विकासमा योगदान पुर्याउन प्रतिबद्ध रहेको प्रतिविम्बित गर्दछ,' एनसेलका चीफ बिजनेस अफिसर डिओन एसेन्सिओले भने।

सूचीकृत गर्ने प्रक्रियाका क्रममा विभागले आगलागी सुरक्षाको सुनिश्चितता, संस्थाको सुरक्षा र गोपनीयता नीति, बिजनेस कन्टिन्युटी प्लान, डेटा सेन्टरको टियर, आईपी पुल लगायतका कागजात तथा विवरणहरुको गहन अध्ययन गरेको थियो।

सरकारले सूचनाप्रविधि प्रणालीलाई भरपर्दो, सुरक्षित एवं प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशिका जारी गरेको थियो। डाटा सेन्टर र क्लाउड सेवा प्रदायकको सूचीकरणले यस क्षेत्रको नियमन, पारदर्शिता र साइबर सुरक्षालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

निर्देशिकाले देशमा सूचना प्रविधि प्रणालीहरूको भरपर्दो, सुरक्षित र प्रभावकारी सञ्चालन सुनिश्चित गर्ने उद्देश्य राखेको छ। डाटा सेन्टर र क्लाउड सेवा प्रदायकहरूको औपचारिक सूचीकरणले सम्पूर्ण क्षेत्रमा नियमन, पारदर्शीता र साइबर सुरक्षालाई सुदृढ गर्ने अपेक्षा गरिएको छ।


प्रकाशित : मंगलबार, वैशाख ९ २०८२१७:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend