मंगलबार, वैशाख ९ गते २०८२    
मंगलबार, वैशाख ९ २०८२
images
images

लगातार ओरालोतर्फ सेयर बजार, मंगलबार ९ अंकले घट्यो

images
मंगलबार, वैशाख ९ २०८२
images
लगातार ओरालोतर्फ सेयर बजार, मंगलबार ९ अंकले घट्यो

मंगलबार ८६ वटा कम्पनीको सेयर मूल्य बढ्दा बजारमा ८ अर्ब ३२ करोड १२ लाख रूपैयाँको कारोबार भएको छ।

images
images

काठमाडौं- अघिल्लो साता निरन्तर उचाइतर्फ लागेको सेयर बजार यो साता भने लगातार ओरालोतर्फ लागेको छ। 

images
images
images

यो साता पहिलो कारोबार दिन आइतबार १६.६८ अंकले घटेर २७०६.४ बिन्दुमा पुगेको बजार सोमबार ७.७५ अंकले घटेर २६९८.२८ बिन्दुमा ओर्लँदा ८ अर्ब ७७ करोड ५७ लाख रूपैयाँको कारोबार भएको थियो।

images
images

मंगलबार पनि बजार ९.९६ अंकले घटेर २६८८ बिन्दुमा ओर्लिएको छ। ८६ वटा कम्पनीको सेयर मूल्य बढ्दा बजारमा ८ अर्ब ३२ करोड १२ लाख रूपैयाँको कारोबार भएको छ। आज १ सय ६० कम्पनीको सेयर मूल्य घटेको छ भने एउटा कम्पनीको सेयर मूल्यमा परिवर्तन भएको छैन।

images
images

यो वर्षको पहिलो कारोबारमा बैशाख २ गते मंगलबार २७.१४ अंकले बढेर २६८९.२२ बिन्‍दुमा पुगेको सेयर बजार बुधबार ७.०१ अंकले बढेर २६९६.२३ बिन्दुमा पुगेको थियो। बिहीबार बजार २६.४९ अंकले बढेर २७२२.७३ बिन्दुमा पुग्दा १० अर्ब ७९ करोडको कारोबार भएको थियो।

गएको वर्ष समग्रमा राम्रो सुधार देखिएको सेयर बजारमा यो वर्षको तीन कारोबारले पनि सुखद् संकेत गरे पनि यो साता भने बजार पुन: ओरालो लागेको हो।

२०८० को अन्तिम दिन २००६ को बिन्दुमा रहेको बजार २०८१ को अन्तिम दिन गएको चैत ३१ गते आइतबार २६६२ बिन्दुमा पुगेको थियो। आइतबार ८.६२ अंकले बजार घटेको थियो। सोमबार बैशाख १ गते कारोबार बन्द थियो।

गएको वर्ष असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको सेयर बजारमा साउनभर उछाल देखिएर ३०००.८१ को बिन्दुसम्म पुगेको थियो।

लगातार कारोबार रकममा कीर्तिमान बनाइरहेको बजारले २०७८ भदौ २ गतेको ३२०० को उच्च बिन्दु भने पार गर्न सकेन। त्यही नयाँ उचाइ पार गर्ने अपेक्षामा यो वर्ष लगानीकर्ता रहेका छन्।


प्रकाशित : मंगलबार, वैशाख ९ २०८२१५:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend