मंगलबार, वैशाख ९ गते २०८२    
मंगलबार, वैशाख ९ २०८२
images
images

जै घाँस लगाउने किसानलाई पोखरा महानगरले आर्थिक सहयोग गर्ने

images
मंगलबार, वैशाख ९ २०८२
images
जै घाँस लगाउने किसानलाई पोखरा महानगरले आर्थिक सहयोग गर्ने

यसवर्ष कुल एक हजार ९४२.४ रोपनी क्षेत्रफलमा प्रतिरोपनी ६३८ रूपैयाँका दरले जै घाँसखेती लगाउने १७८ किसानलाई रकम गरिने भएको छ।

images
images

गण्डकी- पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्र जै घाँस लगाउने किसानलाई सहयोग गर्ने भएको छ। यसका लागि महानगरपालिकाले १२ लाख ३९ हजार रूपैयाँ सहयोग गर्ने भएको छ।

images
images
images

महानगरपालिकाले किसानलाई पशुपालनतर्फ आकर्षित गरी घाँसखेती प्रवर्द्धन गर्ने उद्देश्यका साथ चार वर्षयता जै घाँस लगाउने किसानलाई सहयोग गर्दै आएको महानगरपालिकाका पशु सेवा शाखा प्रमुख डा अशेषराज विकले जानकारी दिए।

images
images

उनका अनुसार यसवर्ष कुल एक हजार ९४२.४ रोपनी क्षेत्रफलमा प्रतिरोपनी ६३८ रूपैयाँका दरले जै घाँसखेती लगाउने १७८ किसानलाई रकम प्रदान गरिने भएको छ।

images
images

यसअन्तर्गत बीउका लागि पाँच लाख ५९ हजार रूपैयाँ र खनजोतका लागि ६ लाख ७९ हजार रूपैयाँ विनियोजन गरिएको प्रमुख डा विकले बताए। रासस


प्रकाशित : मंगलबार, वैशाख ९ २०८२१३:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend