शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

लाभांश घोषणा गरेकै दिन नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा किन आयो भारी गिरावट?

images
आइतबार, माघ २३ २०७८
images
लाभांश घोषणा गरेकै दिन नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा किन आयो भारी गिरावट?
images
images

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ लाभांश घोषणा गरेपछि सेयर मूल्यमा भारी गिरावट आएको छ। 

images
images
images

कम्पनीले १४.७३ प्रतिशत लाभांश घोषणा गरेको छ। तर आइतबार कम्पनीको सेयरमा बिक्रीको चाप परेपछि सेयर मूल्य पनि घटेको छ।

images
images
nlic.png

कुनै समय ३ हजार रुपैयाँसम्म सेयर मूल्य पुगेको कम्पनीको सेयर आइतबार एकैदिन १२४ रुपैयाँले घटेको छ। ७‍‍.६१ प्रतिशतले सेयर मूल्य घटेर १ हजार ५ सय ६ रुपैयाँ कायम भएको छ। कम्पनीकाे २ लाख ७९ हजार कित्ता किनबेच हुँदा ४२ कराेड ४७ लाख रुपैयाँकाे काराेबार भएकाे छ। 

images
images

कम्पनीले खासगरी ४० प्रतिशतसम्म लाभांश आश गरेका लगानीकर्ता थोरै लाभांशले आत्तिएर बिक्री गर्न थालेपछि सेयर मूल्यमा भारी गिरावट आएको हो। 

कम्पनीले आर्थिक वर्ष २०७५/७६ को तुलनामा लाभांश घटेको हो। यसअघि इन्स्योरेन्सले ३१ प्रतिशत सेयर र २० प्रतिशत नगद गरी कुल ५१ प्रतिशत लाभांश वितरण गरेको थियो। आर्थिक वर्ष २०७७/७८ को पनि लाभांश घोषणा हुन बाँकी नै रहेको छ। 


प्रकाशित : आइतबार, माघ २३ २०७८०९:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend