मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

सेयर बजारमा सामान्य गिरावट, ११२ कम्पनीको सेयर मूल्य बढ्दा ८ अर्ब ७७ करोडको कारोबार

सोमबार, वैशाख ८ २०८२
सेयर बजारमा सामान्य गिरावट, ११२ कम्पनीको सेयर मूल्य बढ्दा ८ अर्ब ७७ करोडको कारोबार

सोमबार ११२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३३ कम्पनीको सेयर मूल्य घटेको छ भने एउटा कम्पनीको सेयर मूल्यमा परिवर्तन भएको छैन।

काठमाडौं- यो साता पहिलो कारोबारमा घटेको सेयर बजार दोस्रो कारोबार दिन सोमबार पनि ओरालोतर्फ नै लागेको छ।

सोमबार ७.७५ अंकले घटेर बजार २६९८.२८ बिन्दुमा पुग्दा ८ अर्ब ७७ करोड ५७ लाख रूपैयाँको कारोबार भएको छ। सोमबार १ सय १२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १ सय ३३ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने एउटा कम्पनीको सेयर मूल्यमा परिवर्तन भएको छैन।

यो साता आइतबार बजार १६.६८ अंकले घटेर २७०६.४ बिन्दुमा आइपुग्दा ८ अर्ब ४३ करोडको कारोबार भएको थियो।

यो वर्षको पहिलो कारोबारमा बैशाख २ गते मंगलबार २७.१४ अंकले बढेर २६८९.२२ बिन्‍दुमा पुगेको सेयर बजार बुधबार ७.०१ अंकले बढेर २६९६.२३ बिन्दुमा पुगेको थियो। बिहीबार बजार २६.४९ अंकले बढेर २७२२.७३ बिन्दुमा पुग्दा १० अर्ब ७९ करोडको कारोबार भएको थियो।

गएको वर्ष समग्रमा राम्रो सुधार देखिएको सेयर बजारमा यो वर्षको तीन कारोबारले पनि सुखद् संकेत गरे पनि यो साता भने बजार पुन: ओरालो लागेको हो।

२०८० को अन्तिम दिन २००६ को बिन्दुमा रहेको बजार २०८१ को अन्तिम दिन गएको चैत ३१ गते आइतबार २६६२ बिन्दुमा पुगेको थियो। आइतबार ८.६२ अंकले बजार घटेको थियो। सोमबार बैशाख १ गते कारोबार बन्द थियो।

गएको वर्ष असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको सेयर बजारमा साउनभर उछाल देखिएर ३०००.८१ को बिन्दुसम्म पुगेको थियो। लगातार कारोबार रकममा कीर्तिमान बनाइरहेको बजारले २०७८ भदौ २ गतेको ३२०० को उच्च बिन्दु भने पार गर्न सकेन। त्यही नयाँ उचाइ पार गर्ने अपेक्षामा यो वर्ष लगानीकर्ता रहेका छन्।


प्रकाशित : सोमबार, वैशाख ८ २०८२१५:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend