शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

सेयर बजार घट्ने क्रम रोकिएन तर विश्लेषक भन्छन् - फागुन महिना लगानीकर्ताको लागि अवसर

images
आइतबार, माघ २३ २०७८
images
सेयर बजार घट्ने क्रम रोकिएन तर विश्लेषक भन्छन् - फागुन महिना लगानीकर्ताको लागि अवसर
images
images

काठमाडौं- सेयर बजारमा साताको पहिलो दिन आइतबार घट्ने क्रम देखिएको छ। गएको साता पहिलो दिन आइतबार बढेको बजारले साताभरको अवस्था थामे पनि यो साता भने आइतबार नै बजार घटेको हो। 

images
images
images

आइतबार ४०.५७ अंकले घटेर बजार २८३६.१७ बिन्दुमा पुगेको छ। आइतबार १ करोड ६ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८३ करोड रूपैयाँको कारोबार भएको छ। जसमा १७५ कम्पनीको सेयर मूल्य घट्दा १३ कम्पनीको बढेको छ भने ३ कम्पनीको सेयर मूल्यमा परिवर्तन भएको छ। 

images
images

गत साता समग्रमा नेप्से ९५.७५ अंकले बढे पनि साताको अन्तिम कारोबारको दिन बिहीबार १४.५८ अंकले घटेर २८७६.७५ बिन्दुमा आइपुगेको थियो। गत साताको पहिलो दिन आइतबार एकैदिन १०५.५५ अंकले बढे पनि यो साताको पहिलो दिन नै दोहोरो अंकले बजार घटेको हो। 

images
images

गएको साता आइतबार १०५.५५ अंकले बढेको बजार सोमबार १४.४८ अंकले घटेको थियो। मंगलबार १९.२६ अंकले बढेको बजारमा त्यसपछि भने  घट्ने क्रम रहेको छ। गएको साताको समग्र कारोबारले बजार उक्लने क्रमलाई नै साथ दिएको थियो। तर पुनः यो साताको पहिलो दिन बजार घटेपछि भने लगानीकर्ता आत्तिएका छन्।

चुनावको चर्चाले पछिल्लो समय सेयर बजारमा उतारचढाव भइरहेको छ। थामिएर उच्च बिन्दुमा पुग्ने देखिएको बजारमा उतारचढाव भइरहे पनि लगानीकर्ता अतालिनुपर्ने अवस्था नरहेको सेयर विश्लेषकहरू बताउँछन्। 

‘बजारमा केही समय उतारचढाव नै देखिने संकेत रहेको छ,’ विश्लेषक छोटेलाल रौनियारले भने। चुनावको चर्चाले पनि सेयर बजारमा केही उतारचढाव आएकोले विस्तारै लगानीकर्ता स्थिर भएपछि बजार बढ्न थाल्नेसमेत रौनियार बताउँछन्।

चुनावमा औपचारिक र अनौपचारिक पैसा यता यता हुने भएकोले पनि सेयर बजार बढ्ने गरेको समेत उनको भनाइ छ। बैंकहरूको तरलता फागुनसम्म समाधान हुने संकेत देखिएकोले पनि फागुन महिना लगानीकर्ताका लागि अवसर हुन सक्ने उनले बताए।


प्रकाशित : आइतबार, माघ २३ २०७८०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend