शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

ग्रीन भेन्चर्सले ३१ करोड २५ लाखको आईपीओ खुलाउँदै, क-कसले भर्न पाइने?

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ २३ २०७८
images
ग्रीन भेन्चर्सले ३१ करोड २५ लाखको आईपीओ खुलाउँदै, क-कसले भर्न पाइने?
images
images

काठमाडौं- ग्रीन भेन्चर्स लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण सेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले आगामी फागुन २ गतेदेखि प्रतिकित्ता १०० रूपैयाँ अङ्कित मूल्यमा ३१ करोड २५ लाख मूल्य बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन(आईपीओ) बिक्रीका लागि खुला गर्न लागेको हो।

images
images
images

कम्पनीले आफ्नो जारी पुँजी (तीन अर्ब १२ करोड ५० लाख रूपैयाँ) को १० प्रतिशतले १०० रूपैयाँ अङ्कित दरका ३१ लाख २५ हजार कित्ता साधारण सेयर ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका-१, २ र ३ तथा लिखु गाउँपालिका-९ र रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका-१ र २ तथा उमाकुण्ड गाउँपालिका ७ का आयोजनाबाट असर पर्ने क्षेत्रका बासिन्दाका लागि साधारण सेयर बिक्री खुला गर्ने भएको हो।

images
images

कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रानुसार ओखलढुङ्गा र रामेछाप जिल्लाका आयोजना आसपास  क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीले आगामी फागुन २ देखि १६ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे चैत १ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने छन्।

images
images

कम्पनीले हाल ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका-१ र ३, तथा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका-७ मा केन्द्र रहेको कूल ५२ दशमलव चार मेगावाट  क्षमताको ‘लिखु-४ जलविद्युत्‘आयोजना निर्माण गरिरहेको छ। कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत १२ अर्ब ८ करोड रूपैयाँ हुने जनाएको छ।

स्थानीयवासीले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्बा प्रणालीमार्फत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

साथै लक्ष्मी बैंकको रामेछापको मन्थली शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको धोबीबजार शाखा, मेगा बैंकको मन्थली शाखा, मेगा बैंकको ओखलढुङ्गा जिल्लास्थित खिजिदेम्बा शाखा तथा आयोजना स्थलबाट सेयरका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा केयर रेटिङ्ग कम्पनीलाई ‘केयरनपी-आईआर बीबी’ ग्रेडिङ प्रदान गरिएको छ। रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्व वहन गर्ने क्षमतामा औसत जोखिममा रहेको बुझिन्छ। रासस


प्रकाशित : आइतबार, माघ २३ २०७८०७:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend