मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

सानिमा बैंकले कमायो १ अर्ब ६५ करोड खुद नाफा, प्रतिकित्ता १८.९२ रुपैयाँ लाभांश दिनसक्ने

आइतबार, वैशाख ७ २०८२
सानिमा बैंकले कमायो १ अर्ब ६५ करोड खुद नाफा, प्रतिकित्ता १८.९२ रुपैयाँ लाभांश दिनसक्ने

गत वर्षको तुलनामा बैंकको खराब कर्जा नोक्सानी खर्च १० करोडले घट्दै १ अर्ब ४० करोडमा सीमित भएको छ।

काठमाडौं- चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा सानिमा बैंकले १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा गर्न सफल भएको छ। गत वर्षको यसै अवधिमा यस बैंकले १ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा गरेको थियो।

स्प्रेड दर ४ प्रतिशतबाट घटेर ३.६० प्रतिशतमा आएकाले बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ। गत वर्षको चैत मसान्तमा ४ अर्ब ५८ करोड रुपैयाँ खुद ब्याज आम्दानी रहेको यस बैंकको चालु आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब २८ करोडमा सीमित भएको छ।

गत वर्षको तुलनामा बैंकको खराब कर्जा नोक्सानी खर्च १० करोडले घट्दै १ अर्ब ४० करोडमा सीमित भएको छ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा १.८९ प्रतिशतबाट बढेर ३.४२ प्रतिशतमा पुगेको छ। जसले गर्दा बैंकको प्राथमिक पुँजीकोष अनुपात ९.८९ प्रतिशतबाट घटेर ९.५४ प्रतिशतमा आएको छ।

यस अवधिमा बैंकको वितरणयोग्य नाफा भने उल्लेख्यरुपमा बढेको छ। गत आर्थिक वर्ष ७५ करोड रहेको बैंकको वितरणयोग्य नाफा बढेर २ अर्ब १९ करोड रुपैयाँ पुगेको छ।

बैंकले प्रतिकित्ता १८.९२ रुपैयाँ लाभांश दिनसक्ने स्थिति बनेको छ।


प्रकाशित : आइतबार, वैशाख ७ २०८२११:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend