काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ लाभाश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको १४.७३ प्रतिशत लाभांश घोषणा गरेको हो।
इन्स्योरेन्सको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले १४ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।
उक्त लाभांश बीमा समितिको स्वीकृति तथा साधारण सभाबाट अनुमोदन गरेपछि सेयरधनीले पाउने छन्। आर्थिक वर्ष २०७५/७६ को तुलनामा लाभांश घटेको हो। यसअघि इन्स्योरेन्सले ३१ प्रतिशत सेयर र २० प्रतिशत नगद गरी कुल ५१ प्रतिशत लाभांश वितरण गरेको थियो।