मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

प्रभु बैंकले तेस्रो त्रैमाससम्ममा कमायो १ अर्ब ८७ करोड खुद नाफा, अन्य सूचक कस्तो?

आइतबार, वैशाख ७ २०८२
प्रभु बैंकले तेस्रो त्रैमाससम्ममा कमायो १ अर्ब ८७ करोड खुद नाफा, अन्य सूचक कस्तो?

खराब कर्जामा सामान्य वृद्धि देखिएकाले प्रभु बैंकको प्राथमिक पुँजीकोष अनुपात फेरि बोर्डर लाइन नजिक आइपुगेको छ।

काठमाडौं- चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म प्रभु बैंकले १ अर्ब ८७ करोड रुपैयाँ खुद नाफा गरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा प्रभु बैंकले १ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा गरेको थियो।

यस अवधिमा प्रुभ बैंकले ७ अर्ब रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यस अवधिमा बैंकको ४ अर्ब २३ करोड रुपैयाँ खराब कर्जा नोक्सानी व्यवस्थाबापत खर्च बुक गरेकाले बैंकको नाफा उल्लेख्यरुपमा सुधार हुन नसकेको हो।

यस अवधिमा बैंकको खराब कर्जा ५.०९ प्रतिशत रहेको छ। खराब कर्जामा सामान्य वृद्धि देखिएकाले प्रभु बैंकको प्राथमिक पुँजीकोष अनुपात फेरि बोर्डर लाइन नजिक आइपुगेको छ।

यस अवधिमा बैंकको वितरणयोग्य घाटा बढेर ३ अर्ब ४० करोड रुपैयाँ पुगेको छ।


प्रकाशित : आइतबार, वैशाख ७ २०८२१०:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend