मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ४९ प्रतिशतले घट्यो, खराब कर्जामा वृद्धि

आइतबार, वैशाख ७ २०८२
राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ४९ प्रतिशतले घट्यो, खराब कर्जामा वृद्धि

गत आर्थिक वर्ष १०.४१ प्रतिशत रहेको बैंकको पुँजीकोष अनुपात यस वर्ष घटेर ९.२३ प्रतिशत कायम भएको छ।

काठमाडौं- चालु आर्थिक वर्षको ९ महिनामा राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २० करोड खुद नाफा गरेको छ।

गत आर्थिक वर्षको यसै अवधिमा २ अर्ब ३७ करोड खुद नाफा गरेको राष्ट्रिय बैंकको नाफा करिब ४९ प्रतिशतले घटेको छ।

बैंकको खुद ब्याज आम्दानीमा भएको गिरावटसँगै कर्जा नोक्सानी व्यवस्था खर्च बढेर २ अर्ब २७ करोड पुगेकाले बैंकको नाफामा कमी आएको हो।

बैंकको खराब कर्जा ४.३० प्रतिशतबाट बढेर ४.६९ प्रतिशत पुगेकाले खुद नाफामा कमी आएको हो। खराब कर्जा बढेसँगै बैंकको प्राथमिक पुँजीकोष अनुपात समेत घटेको छ।

गत आर्थिक वर्ष १०.४१ प्रतिशत रहेको बैंकको पुँजीकोष अनुपात यस वर्ष घटेर ९.२३ प्रतिशत कायम भएको छ। जसले गर्दा गत आर्थिक वर्षको तेस्रो त्रैमासमा २४ करोड ६२ लाख रुपैयाँ बचतमा रहेको वितरणयोग्य नाफा यस वर्ष १ अर्ब २ करोडले ऋणात्मक भएको छ।


प्रकाशित : आइतबार, वैशाख ७ २०८२१०:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend