मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

एनएमबि बैंकले चैत मसान्तसम्ममा कमायो २ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा, अन्य सूचक कस्तो?

आइतबार, वैशाख ७ २०८२
एनएमबि बैंकले चैत मसान्तसम्ममा कमायो २ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा, अन्य सूचक कस्तो?

चालु आर्थिक वर्षको ९ महिनामा बैंकको वितरणयोग्य नाफा १ अर्ब ३१ करोड रुपैयाँमा नै सीमित भएको छ।

काठमाडौं- चालु आर्थिक वर्षको चैत मसान्तसम्म एनएमबि बैंकले २ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा गरेको छ।

गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २ अर्ब २४ करोड खुद नाफा गरेको थियो। गत आर्थिक वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी बढेकाले खराब कर्जा नोक्सानी बढे पनि नाफा बढेको हो।

यस अवधिमा बैंकको खराब कर्जा बढेर ४.४७ प्रतिशत पुगेको छ। गत वर्षको यसै अवधिमा बैंकको खराब कर्जा २.८६ प्रतिशत रहेको थियो।

खराब कर्जामा भएको वृद्धिसँगै बैंकको प्राथमिक पुँजीकोष अनुपातमा पनि कमी आएको छ। गत आर्थिक वर्ष ९.६८ प्रतिशत रहेको बैंकको प्राथमिक पुँजीकोष अनुपात ९.२३ प्रतिशतमा आएको छ।

विगत दुई वर्षदेखि लाभांश नदिए पनि यस बैंकको वितरणयोग्य नाफामा उल्लेख्य सुधार देखिएको छैन। चालु आर्थिक वर्षको ९ महिनामा बैंकको वितरणयोग्य नाफा १ अर्ब ३१ करोड रुपैयाँमा नै सीमित भएको छ।


प्रकाशित : आइतबार, वैशाख ७ २०८२१०:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend