मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

कृषि विकास बैंकको नाफा १०.२४ प्रतिशतले घट्यो, वितरणयोग्य नाफा बढ्यो

आइतबार, वैशाख ७ २०८२
कृषि विकास बैंकको नाफा १०.२४ प्रतिशतले घट्यो, वितरणयोग्य नाफा बढ्यो

कृषि विकास बैंकको खराब कर्जासँगै प्राथमिक पुँजीकोष अनुपातमा पनि दबाब देखिएको छ।

काठमाडौं- चालु आर्थिक वर्षको चैत मसान्तमा कृषि विकास बैंकको खुद नाफा १०.२४ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको ९ महिनामा यस बैंकले १ अर्ब ८४ करोड रुपैयाँ खुद नाफा गरेको छ।

गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा गरेको थियो।

बैंकको कर्जा नोक्सानी खर्च घटे पनि खुद ब्याज आम्दानी १ अर्बभन्दा बढीले घटेकाले बैंकको नाफामा कमी आएको हो।

यस अवधिमा बैंकको खराब कर्जा बढेर ४.९८ प्रतिशत पुगेको छ। साना तथा मझौला कृषि, उद्योगहरुको आर्थिक अवस्था सुधारकै चरणमा रहेकाले बैंकको खराब कर्जा घट्न नसकेको हो।

गत आर्थिक वर्षको यसै अवधिमा बैंकको खराब कर्जा ३.३० प्रतिशत रहेको थियो।

बैंकको खराब कर्जासँगै प्राथमिक पुँजीकोष अनुपातमा पनि दबाब देखिएको छ।

कृषि विकास बैंकको वितरणयोग्य नाफामा भने सुधार देखिएको छ। गत आर्थिक वर्ष १ अर्ब १२ करोड रुपैयाँ ऋणात्मक रहेको बैंकको वितरणयोग्य नाफा यस वर्ष १ अर्ब ९१ करोड रुपैयाँ धनात्मक भएको छ।


प्रकाशित : आइतबार, वैशाख ७ २०८२१०:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend