मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

एभरेष्ट बैंकले ३ अर्ब ४५ करोड खुद नाफा कमाउँदा ३ अर्ब ६७ करोड वितरणयोग्य नाफा

आइतबार, वैशाख ७ २०८२
एभरेष्ट बैंकले ३ अर्ब ४५ करोड खुद नाफा कमाउँदा ३ अर्ब ६७ करोड वितरणयोग्य नाफा

चालु आर्थिक वर्षको ९ महिनामा बैंकले ३ अर्ब ४५ करोड खुद नाफा गरेको छ। जुन गत आर्थिक वर्षको तुलनामा ३२.५ प्रतिशतले बढी हो।

काठमाडौं- एभरेष्ट बैंकले व्यवसाय विस्तारसँगै खुद नाफा, वितरणयोग्य नाफा र खराब कर्जामा उल्लेख्य सुधार गरेको छ।

चालु आर्थिक वर्षको ९ महिनामा बैंकले ३ अर्ब ४५ करोड खुद नाफा गरेको छ। जुन गत आर्थिक वर्षको तुलनामा ३२.५ प्रतिशतले बढी हो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्बभन्दा बढीले वृद्धि भएको छ। गत आर्थिक वर्षको ९ महिनामा ५ अर्ब ६१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब ७४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

यस अवधिमा बैंकले खराब कर्जा नोक्सानी व्यवस्थासमेत ६३ करोडबाट घटाएर २७ करोडमा ल्याएको छ। यस बैंकको खराब कर्जा बैंकिङ इन्डस्ट्रिजकै कम ०.६४ प्रतिशतमा सीमित भएको छ। अघिल्लो वर्षको यसै अवधिमा बैंकको खराब कर्जा ०.७ प्रतिशत रहेको थियो।

यस अवधिमा बैंकको प्राथमिक पुँजीकोष अनुपात ९.८१ प्रतिशत रहेको छ भने बैंकको औसत आधार दर ५.४५ प्रतिशतमा घटिसकेको छ। योसँगै बैंकको वितरणयोग्य नाफा ३ अर्ब ६७ करोड रुपैयाँ कायम भएको छ।

बैंकले चालु आर्थिक वर्षको अन्त्यसम्म यही अवस्थालाई निरन्तरता दिएमा प्रतिकित्ता सेयर ३४ प्रतिशत लाभांश वितरण गर्ने क्षमता हुनेछ।


प्रकाशित : आइतबार, वैशाख ७ २०८२१०:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend