मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

स्टाण्डर्ड चार्टर्ड बैंकले कमायो २ अर्ब १७ करोड खुद नाफा, घट्यो खराब कर्जा

आइतबार, वैशाख ७ २०८२
स्टाण्डर्ड चार्टर्ड बैंकले कमायो २ अर्ब १७ करोड खुद नाफा, घट्यो खराब कर्जा

बैंकले करिब ९ करोड रुपैयाँ खराब कर्जा नोक्सानी व्यवस्था रिभर्सल गराएको छ। यस अवधिमा बैंकको खराब कर्जा घटेको छ।

काठमाडौं- चालु आर्थिक वर्षको ९ महिनामा स्टाण्डर्ड चार्टर्ड बैंकले २ अर्ब १७ करोड रुपैयाँ खुद नाफा गरेको छ।

गत आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा घटेको छ भने खराब कर्जामा पनि कमी आएको छ। गत वर्ष बैंकले २ अर्ब ४४ करोड खुद नाफा गरेको थियो।

यस अवधिमा बैंकको ब्याज आम्दानी तथा ब्याज खर्च र खुद ब्याज आम्दानी घटेको छ। गत आर्थिक वर्ष बैंकले ३ अर्ब ९२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब २४ करोड मात्रै खुद ब्याज आम्दानी गरेको छ।

बैंकले करिब ९ करोड रुपैयाँ खराब कर्जा नोक्सानी व्यवस्था रिभर्सल गराएको छ। यस अवधिमा बैंकको खराब कर्जा घटेको छ। गत आर्थिक वर्षको यस अवधिमा बैंकको खराब कर्जा २.१४ प्रतिशत रहेकोमा यो वर्षको सोही अवधिमा घटेर १.४४ प्रतिशतमा सीमित भएको छ। 

नाफासँगै बैंकको वितरणयोग्य नाफामा पनि केही कमी आएको छ। गत आर्थिक वर्ष यस अवधिमा १ अर्ब ८७ करोड रुपैयाँ वितरणयोग्य नाफा रहेकोमा यो वर्षको सोही अवधिमा १ अर्ब ४७ करोड रुपैयाँमा सीमित भएको छ।


प्रकाशित : आइतबार, वैशाख ७ २०८२०९:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend