मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

९ महिनामा वाणिज्य बैंकले गरे ४१ अर्ब रूपैयाँभन्दा बढी खुद नाफा, नबिलले सर्वाधिक नाफा गर्दा ग्लोबल तेस्रो

आइतबार, वैशाख ७ २०८२
९ महिनामा वाणिज्य बैंकले गरे ४१ अर्ब  रूपैयाँभन्दा बढी खुद नाफा, नबिलले सर्वाधिक नाफा गर्दा ग्लोबल तेस्रो

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुले करिब ४१ अर्ब २५ करोड खुद नाफा गर्न सफल भएका छन। गत वर्षको यसै अवधि बैंकहरूले करिब ४० अर्ब ६८ करोडको हाराहारीमा खुद नाफ गरेका थिए।

काठमाडौं- चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुले करिब ४१ अर्ब २५ करोड खुद नाफा गर्न सफल भएका छन्। गत वर्षको यसै अवधि बैंकहरूले करिब ४० अर्ब ६८ करोडको खुद नाफ गरेका थिए।

गत वर्षको तुलनामा बैंकहरुले यस अवधिमा १.४ प्रतिशतले मात्रै खुद नाफा बढाउन सफल भएका छन्। चैत मसान्तसम्ममा नबिल बैंकले सर्वाधिक ५ अर्ब ५ करोड रुपैयाँ खुद नाफा गरेको छ। ग्लोबल आईएमई र नेपाल इन्भेष्टमेन्ट मेघा बैंकबीच प्रतिसपर्धा देखिएको छ।

१ करोड बढी नाफा गर्दै इन्भेष्टमेन्ट दोस्रो स्थानमा रहेको छ। नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले ४ अर्ब ५४ करोड खुद नाफा गर्दै दोस्रो स्थानमा रहेको छ।

तेस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ४ अर्ब ५३ करोड रुपैयाँ खुद नाफा गर्न सफल भएको छ। वितरणयोग्य नाफाका आधारमा नविल र इन्भेष्टमेन्ट बैंकभन्दा ग्लोवल आइएमई बैंक अगाडी देखिएको छ। 

चोथो स्थानमा रहेको एभरेष्ट बैंकले ३ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा गरेको छ। यस्तै नेपाल बैंक लिमिटेडले २ अर्ब ७८ करोड रुपैयाँ, एनएमबि बैंकले २ अर्ब ३७ करोड रुपैयाँ, प्राइम कमर्सियल बैंकले २ अर्ब २२ करोड रुपैयाँ नाफा गरेका छन्।

स्टाण्डर्ड चार्टर्ड बैंकले २ अर्ब १७ करोड रुपैयाँ, प्रभु बैंकले १ अर्ब ८७ करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ८४ करोड रुपैयाँ, सिद्धार्थ बैंकले १ अर्ब ६६ करोड रुपैयाँ, सानिमा बैंकले १ अर्ब ६५ करोड रुपेयाँ खुद नाफा गरेका छन्।

यसैगरी लक्ष्मी सनराइज बैंकले १ अर्ब ६५ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २० करोड रुपैयाँ, नेपाल एसविआई बैंकले १ अर्ब २० करोड रुपैयाँ, माछापुच्छ्रे बैंकले १ अर्ब १० करोड रुपैयाँ, सिटिजन्स बैंकले ९६ करोड रुपैयाँ नाफा गरेका हुन्।

हिमालयन बैंकले ५० करोड रुपैयाँ, कुमारी बैंकले ३८ करोढ ५८ लाख रुपैयाँ खुद नाफा गरेका छन्। यस अवधिमा सबैभन्दा कम खुद नाफा एनआईसी एसिया बैंकले १५ करोड ७६ लाख रुपैयाँ नाफा गरेको हो।


प्रकाशित : आइतबार, वैशाख ७ २०८२०९:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend