मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

कामना सेवा विकास बैंकको वित्तीय विवरण : व्यवसाय विस्तारमा सुधार

आइतबार, वैशाख ७ २०८२
कामना सेवा विकास बैंकको वित्तीय विवरण : व्यवसाय विस्तारमा सुधार

कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार कर्जा प्रवाह तथा निक्षेप संकलनमा वृद्धि देखिएको छ।

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार कर्जा प्रवाह तथा निक्षेप संकलनमा वृद्धि देखिएको छ।

गत आ.व.को तेश्रो त्रयमासमा ५९.०६ अर्ब रहेको निक्षेप वृद्धी भई यस आ.व.को तश्रो त्रयमाससम्ममा ६१.८९ अर्ब पुगेको छ। निक्षेपसँगै बैंकको कर्जा कारोबारमा पनि वृद्धी भएको छ। ग्राहकलाई प्रवाह गरेको कर्जा ४५.९८ अर्बबाट वृद्धि भई ४९.४७ अर्ब पुगेको छ। 

समिक्षा अवधिमा बैंकले ४९ करोड ३१ लाख खुद मुनाफा आर्जन गरेको छ। बैंकको कर्जा निक्षेप अनुपात ८६.०७ प्रतिशत रहेको छ। सोही अवधिसम्ममा बैंकको कुल सम्पत्ति ७०.२७ अर्ब पुगेको छ। जुन अघिल्लो वर्ष सोही अवधिमा ६७.१९ अर्ब रहेको थियो। गत वर्ष ३.५५% रहेको खराव कर्जामा वृद्धी भई ४.२७% पुगेको छ। यद्यपी बैंकको निष्कृय कर्जा र कर्जा नोक्सानी व्यवस्थाको अनुपात १०४.६४% रहेको छ। 

बैंकले यो वृद्धि वर्तमान आर्थिक चुनौतीहरूको बीचमा हासिल गरेको हो। ब्याजदर, बजार प्रतिस्पर्धा र साइबर सुरक्षाजस्ता विषयहरूका बाबजुद, कामना सेवा विकास बैंकले आफ्नो व्यवसायलाई विस्तार गर्न सक्षम देखिएको हो।

बैंकले गत साधारणसभावाट अविमोच्य अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित गरि नेपाल राष्ट्र बैंकवाट सोको स्वीकृती प्राप्त नेपाल धितोपत्र वोर्ड समक्ष स्वीकृतीको लागि पेश गरिसकेको छ। देशभर १३० शाखा रहेको बैंकले डिजिटल प्रविधिमा आधारित भइ विभिन्न वित्तीय सेवाहरु प्रदान गर्दै आईरहेको छ।


प्रकाशित : आइतबार, वैशाख ७ २०८२०९:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend