मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

सिद्धार्थ बैंकको नाफा घट्यो, खराब कर्जा दोबरले बढ्यो

आइतबार, वैशाख ७ २०८२
सिद्धार्थ बैंकको नाफा घट्यो, खराब कर्जा दोबरले बढ्यो

काठमाडौं- चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सिद्धार्थ बैंकको खुद नाफा घटेको छ। चालु आर्थिक वर्षको ९ महिनामा यस बैंकले १ अर्ब ६६ करोड खुद नाफा गरेको छ। 

जुन गत आर्थिक वर्षको तुलनामा कम हो। गत आर्थिक वर्षको ९ महिनामा सिद्धार्थ बैंकले १ अर्ब ६८ करोड रुपैयाँ खुद नाफा गरेको थियो। 

गत आर्थिक वर्षको तुलनामा सिद्धार्थ बैंकको ब्याज आम्दानीसमेत घटेको छ। गत वर्षको चैतसम्म बैंकले ६ अर्ब १ करोड खुद ब्याज आम्दानी गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब ३३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। 

यस अवधिमा बैंकको खराब कर्जा झन्डै दोबरले बढेको छ। गत आर्थिक वर्ष २.५२ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर यस वर्ष ४.०४ प्रतिशत पुगेको छ। खराब कर्जाको असर बैंकको पुँजीकोषमा देखिएको छ।

गत आर्थिक वर्षको तुलनामा बैंकको प्राथमिक पुँजीकोष अनुपात घटेको छ। यस अवधिमा बैंकको प्राथमिक पुँजीकोष अनुपात ९.१९ प्रतिशतमा आएको छ। गत आर्थिक वर्षको यसै अवधिमाम बैंकको यस्तो अनुपात ९.२३ प्रतिशत रहेको थियो। 

यस अवधिमा बैंकको वितरणयोग्य आम्दानी करिब १८ करोड ८४ लाख पुगेको छ। बैंकले डिवेन्चर कोषमा निकै ठूलो रकम राख्दै आएकोले पनि वितरणयोग्य नाफामा कमी देखिएको हो।


प्रकाशित : आइतबार, वैशाख ७ २०८२०८:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend