मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

९ महिनामा नबिल बैंकले कमायो ५ अर्ब ५ करोड खुद नाफा, अन्य सूचक कस्तो?

आइतबार, वैशाख ७ २०८२
९ महिनामा नबिल बैंकले कमायो ५ अर्ब ५ करोड खुद नाफा, अन्य सूचक कस्तो?

काठमडौं- चालु आर्थिक वर्षको ९ महिनामा नबिल बैंकको खुद नाफा ८.२१ प्रतिशतले बढेर ५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्षको यस अवधिमा पनि नबिल बैंक सर्वाधिक नाफा गर्ने बैंक बनेको छ।

गत वर्षको यसै अवधिमा नबिल बैंकले ४ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा गरेको थियो। गत आर्थिक वर्षको तुलनामा नबिल बैंकको खुद ब्याज आम्दानी घटेको छ।

गत वर्षको ९ महिनामा १२ अर्ब ५५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १२ अर्ब ५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। 

यस अवधिमा बेंकले कर्जा नोक्सानी खर्च घटाएकाले नाफामा सामान्य वृद्धि देखिएको हो। गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ३ अर्ब २३ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्था बापत खर्च बुक गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब २९ करोडमा खराब कर्जा नोक्सानी खर्च देखाएको छ।

गत आर्थिक वर्षको चैत मसान्तसम्म ४.०४ प्रतिशत रहेको बैंकको खराब कर्जा यस वर्ष बढेर ४.९६ प्रतिशत पुगेको छ। बैंकको पुँजीकोषमाथि दबाब भने अझै कम हुन सकेको छैन।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा पनि बैंकको प्राथमिक पुँजीकोष अनुपात ९.१२ प्रतिशत कायम भएको छ।

यस्तै बैंकको वितरणयोग्य नाफा २ अर्ब ८७ करोड रुपैयाँ कायम भएको छ। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकले आफ्नो वितरणयोग्य नाफा बढेको वित्तीय विवरण प्रस्तुत गरेको छ।


प्रकाशित : आइतबार, वैशाख ७ २०८२०८:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend