मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

सिटिजन्स बैंकको नाफा २०.६२ प्रतिशतले घट्यो, खराब कर्जा ५ प्रतिशत पार

आइतबार, वैशाख ७ २०८२
सिटिजन्स बैंकको नाफा २०.६२ प्रतिशतले घट्यो, खराब कर्जा ५ प्रतिशत पार

काठमाडौं- सिटिजन्स इन्टरनेशनल बैंकको खुद नाफा गत आर्थिक वर्षको ९ महिनाको तुलनामा २०.६२ प्रतिशतले घटेको छ।

गत आर्थिक वर्ष चैत मसान्तसम्मा बैंकको नाफा १ अर्ब २१ करोड रूपैयाँ रहेकोमा चालु आर्थिक वर्षको ९ महिनामा ९६ करोड १८ लाख रुपैयाँमा सीमित भएको छ।

बैंकको खुद ब्याज आम्दानी गत वर्षको तुलनामा बढेर ४ अर्ब ७६ करोड रुपैयाँ पुगेपनि कर्जा नोक्सानी व्यवस्था बापत खर्च ९८ करोडबाट बढेर २ अर्ब १६ करोड रुपैयाँ पुगेकाले बैंकको खुद नाफामा उल्लेखिय गिरावट आएको हो।

यस अवधिमा बैंकको खराब कर्जा बढेर ५.७१ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको ९ महिनामा बैंकको खराब कर्जा ३.७६ प्रतिशत रहेको थियो। बैंकको खराब कर्जा बढेसँगै प्राथमिक पुँजीकोष अनुपातमा पनि घटेको छ।

गत आर्थिक वर्ष ९.१५ प्रतिशत रहेको बैंकको पुँजीकोष घटेर ८.८४ प्रतिशतमा आएको छ। यस अवधिमा बैंकको वितरणयोग्य नाफा १६ करोड २६ लाख रुपैयाँमा सीमित भएको छ।


प्रकाशित : आइतबार, वैशाख ७ २०८२०७:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend