मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

हिमालयन बैंकको खुद नाफा ५० करोडमा सीमित, वितरणयोग्य घाटा ७ अर्ब ३६ करोड पुग्यो

आइतबार, वैशाख ७ २०८२
हिमालयन बैंकको खुद नाफा ५० करोडमा सीमित, वितरणयोग्य घाटा ७ अर्ब ३६ करोड पुग्यो

काठमाडौं- हिमालयन बैंकको वित्तीयस्थिति थप खराब हुँदै गएको छ। चालु आर्थिक वर्षको ९ महिनामा हिमालयन बैंकको खुद नाफा ५० करोडमा सीमित भएको छ।

गत आर्थिक वर्षको ९ महिनामा यस बैंकले १ अर्ब ९८ करोड खुद नाफा गरेको थियो। 

बैंकको खुद ब्याज आम्दानीमा कमी आएपनि कर्जा नोक्सानी व्यवस्था नघटेको र संथागत कर १ अर्ब ४ करोड रुपैयाँ भुक्तानी गरेकाले बैंकको खुद नाफामा उल्लेखिय गिरावट आएको हो।

यस्तै बैंकको खराब कर्जा बढेर ७.६८ प्रतिशत पुगेको छ भने प्राथमिक पुँजीकोष  घटेर ८ प्रतिशतमा सीमित भएको छ।

विगत दुई वर्षसम्म वितरणयोग्य घाटामा रहेकाले लाभांश वितरण गर्न नसकेको यस बैंक फेरि क्यापिटल चार्जको ट्राफमा पनि फसेको छ।

बैंकको प्राथमिक पुँजीकोष अनुपात मात्रै होइन पुँजीकोष पर्याप्तता अनुपातसमेत घटेको छ। राष्ट्र बैंकले तोकेको ११ प्रतिशतभन्दा तल बैंकको पुँजीकोष पर्याप्ता आएको छ।

चालु आर्थिक वर्षको ९ महिनामा पुँजीकोष पर्याप्ता अनुपात ११.८४ प्रतिशतमा सीमित भएको छ।

यस्तै बैंकको वितरणयोग्य घाटा बढेर ७ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्ष ५ अर्ब २४ करोड रहेको यस्तो घाटा यस वर्षको ९ महिनामा थप वृद्धि भएको छ।


प्रकाशित : आइतबार, वैशाख ७ २०८२०७:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend