बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

कुमारी बैंकको खुद नाफा २८ करोड ५८ लाख, अन्य सूचक कस्तो?

आइतबार, वैशाख ७ २०८२
कुमारी बैंकको खुद नाफा २८ करोड ५८ लाख, अन्य सूचक कस्तो?

काठमाडौं- कुमारी बैंकले चालु आर्थिक वर्षको ९ महिनामा २८ करोड ५८ करोड रुपैयाँ खुद नाफा गर्न सफल भएको छ।

गत आर्थिक वर्षको यसै अवधिमा कुमारी बैंकले १ अर्ब ५ करोड  रुपैयाँ खुद नाफा गरेको छ। गत आर्थिक वर्षको तुलनामा कुमारी बैंकको खुद ब्याज आम्दानीसमेत घटेको छ।

गत आर्थिक वर्षको ९ महिनामा कुमारी बैंकले ८ अर्ब ४२ करोड रुपेयाँ खुद ब्याज आम्दानी गरेको यस वर्षको  सोही अवधिमा ७ अर्ब ८९ करोड रुपैयाँमा सीमित भएको छ।

गत आर्थिक वर्षदेखि नै बैंकले खराब कर्जा नोक्सानी खर्चसमेत घटाउन सकेको छ। गत वर्ष ३ अर्ब ५४ करोड रुपैयाँ खराब कर्जा नोक्सानी खर्च रहेकोमा यस वर्षको चैतमा पनि त्यति नै कायम भएको छ। 

यस त्रैमासमा बैंकको खराब कर्जा ६.९८ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको खराब कर्जा ४.९५ प्रतिशत रहेको थियो।

गत आर्थिक वर्षको यसै अवधिमा ८.०३ प्रतिशत रहेको बैंकको प्राथमिक पुँजीकोष ७.३१ प्रतिशतमा आएको छ।

बैंकको वितरणयोग्य घाटा ४ अर्ब २० करोडबाट बढेर चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ६ अर्ब ५० करोड रुपैयाँ पुगेको छ।


प्रकाशित : आइतबार, वैशाख ७ २०८२०६:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend