मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

नेपाल एसबीआई बैंकले गर्‍यो १ अर्ब २० करोड खुद नाफा, खराब कर्जा बढेर ४.०६ प्रतिशत पुग्यो

आइतबार, वैशाख ७ २०८२
नेपाल एसबीआई  बैंकले गर्‍यो १ अर्ब २० करोड खुद नाफा, खराब कर्जा बढेर ४.०६ प्रतिशत पुग्यो

काठमाडौं- नेपाल एसबीआई बैंकले चैत मसान्तसम्मा १ अर्ब २० करोड खुद नाफा गरेको छ। गत आर्थिक वर्षको तुलनामा ४ करोड रुपैयाँले नाफा बढाउन सफल भएपनि बैंकको खराब कर्जा भने दोबरले बढेको छ। 

गत आर्थिक वर्षको ९ महिनामा बैंकको खराब कर्जा १.९८ प्रतिशतमा सीमित रहेकोमा चालु आर्थिक वर्षको यसै अवधिमा बढेर ४.०६ प्रतिशत पुगेको छ। 

गत वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानीमा सामान्यरुपमा घटेको छ। चैत मसान्तसम्मा यस बैंकले खुद ब्याज आम्दानी ३ अर्ब ५३ करोड रुपैयाँ गर्न सफल भएको छ।

यस्तै यस अवधिमा बैंकले खराब कर्जा नोक्सानी व्यवस्था बापत ७२ करोड ५८ लाख रुपैयाँ खर्च बुक गरेको छ। 

खराब कर्जा बढेपनि बैंकको वितरणयोग्य नाफामा भने उल्लेख्यरुपमा सुधार देखिएको छ। गत आर्थिक वर्षको ९ महिनामा ८३ करोड ४३ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५ करोड रूपैयाँ पुगेको छ।


प्रकाशित : आइतबार, वैशाख ७ २०८२०६:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend