बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

प्राइम कमर्सियल बैंकले ९ महिनामा गर्‍यो २ अर्ब २२ करोड खुद नाफा, अन्य सूचक कस्तो?

आइतबार, वैशाख ७ २०८२
प्राइम कमर्सियल बैंकले ९ महिनामा गर्‍यो २ अर्ब २२ करोड खुद नाफा, अन्य सूचक कस्तो?

काठमाडौं- चालु आर्थिक वर्षको ९ महिनामा प्राइम कमर्सियल बैंकले २ अर्ब २२ करोड रुपैयाँ खुद नाफा गरेको छ। गत आर्थिक वर्षको तुलनाममा बैंकको खुद नाफा घटेको छ। 

गत वर्षको चैत मसान्तसम्मा यस बैंकले २ अर्ब ८७ करोड रुपैयाँ खुद नाफा गरेको थियो। बैंकको कर्जा नोक्सानी व्यवस्था बापतको खर्च उल्लेख्यरुपमा बढेकाले नाफामा कमी आएको हो।

गत वर्षको तुलनामा खुद ब्याज आम्दानी बढी गरेको यस बैंकले कर्जा नोक्सानी व्यवस्था बापत चैत मसान्तसम्ममा २ अर्ब ३३ करोड रुपैयाँ खर्च कटौती गरेको छ। 

गत आर्थिक वर्षको ९ महिनामा ५ अर्ब ७८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब ६६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। 

यस्तै कर्जा नोक्सानी व्यवस्था खर्च बढेसँगै बैंकको खराब कर्जा ५.६५ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको यसै अवधिमा बैंकको खराब कर्जा ४.२९ प्रतिशत रहेको थियो।

खुद नाफामा कमी आएपनि बैंकको वितरणयोग्य नाफामा भने सुधार आएको छ। गत आर्थिक वर्षको ९ महिनामा ३१ करोड वितरणयोग्य आम्दानी रहेकोमा यस वर्ष बढेर १ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।


प्रकाशित : आइतबार, वैशाख ७ २०८२०६:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend