मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

चैत मसान्तसम्ममा लक्ष्मीसनराइजले गर्‍यो १ अर्ब ६५ करोड खुद नाफा, खराब कर्जा बढेर ५.८६ प्रतिशत

आइतबार, वैशाख ७ २०८२
चैत मसान्तसम्ममा लक्ष्मीसनराइजले गर्‍यो १ अर्ब ६५ करोड खुद नाफा, खराब कर्जा बढेर ५.८६ प्रतिशत

काठमाडौं- चालु आर्थिक वर्षको ९ महिनामा लक्ष्मी सनराइज बैंकले १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा गरेको थियो।

गत वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी घटेको छ। गत आर्थिक वर्ष ८ अर्ब ५१ करोड रहेको बैंकको खुद ब्याज आम्दानी घटेर ७ अर्ब ८९ करोड रुपैयाँ कायम भएको छ।

यस्तै कर्जा नोक्सानी व्यवस्था बापतको खर्च बैंकको गत आर्थिक वर्षको तुलनामा घटेको छ। गत आर्थिक वर्षको ९ महिनामा बैंकको कर्जा नोक्सानी व्यवस्था ४ अर्ब रुपैयाँ रहेकोमा यस वर्ष घटेर ३ अर्ब १९ करोड रुपैयाँमा सिमित भएको छ। यस्तै बैंकको खराब कर्जा गत आर्थिक वर्षको तुलनामा बढेको छ।

गत आर्थिक वर्ष चैतसम्ममा ५.४९ प्रतिशत रहेको खराब कर्जा यस वर्ष बैंकको खराब कर्जा बढेर ५.८६ प्रतिशत पुगेको छ।

यस अवधिमा बैंकले वितरणयोग्य नाफामा उल्लेखिय सुधार भएको देखाएको छ।

गत आर्थिक वर्षको चैत मसान्तसम्मा १ अर्ब २४ करोडले ऋणात्मक रहेको वितरणयोग्य नाफा यस वर्षको सोही अवधिमा ७७ करोड २७ कायम भएको वित्तीय विवतरण सार्वजनिक गरेको छ।


प्रकाशित : आइतबार, वैशाख ७ २०८२०६:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend