मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गर्‍यो ४ अर्ब ५४ करोड खुद नाफा, वितरणयोग्य घाटा १ अर्ब १० करोडमा सीमित

आइतबार, वैशाख ७ २०८२
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गर्‍यो ४ अर्ब ५४ करोड खुद नाफा, वितरणयोग्य घाटा १ अर्ब १० करोडमा सीमित

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा आफ्नो वित्तीय विवरणमा उल्लेखिय सुधार गर्न सफल भएको छ। बैंकको खराब कर्जा बढे पनि खुद नाफा वृद्धि र वितरणयोग्य घाटा घटाउन सफल भएको छ। 

चालु आर्थिक वर्षको ९ महिनामा यस बैंकले ४ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले ३ अर्ब २९ करोड रुपैयाँ खुद नाफा गरेको थियो।

गत आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा करिब ७२ प्रतिशतले बढेको छ। बैंकको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको तुलनामा भने घटेको छ।

गत चैत मसान्तसम्मा बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ३ करोड रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा घटेर १० अर्ब ३१ करोड रुपैयाँमा सीमित भएको छ।

गत आर्थिक वर्ष खराब कर्जा नोक्सानी व्यवस्था खर्च ३ अर्ब ४ करोड रहेकोमा यस वर्ष १ अर्ब १९ करोड रुपैयाँमा सीमित भएकाले बैंकको खुद नाफामा उछाल देखिएको हो। 

यस अवधिमा बैंकको खराब कर्जामा वृद्धि भएपनि वितरणयोग्य नाफामा सुधार देखिएकाले पुँजीकोषमा सामान्य वृद्धि देखिएको छ। 

यस अवधिमा बैंकको खराब कर्जा ६.०६ प्रतिशतमा आएको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खराब कर्जा ४.६६ प्रतिशत मात्रै रहेको थियो।

गत आर्थिक वर्ष १०.३५ प्रतिशत रहेको बैंकको प्राथमिक पुँजीकोष बढेर १०.५१ प्रतिशत कायम भएको छ। यस्त बैंकको वितरणयोग्य घाटा ५ अर्ब ८ करोडबाट घटेर १ अर्ब १० करोड रुपैयाँमा सीमित भएको छ।


प्रकाशित : आइतबार, वैशाख ७ २०८२०६:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend