बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

९ महिनामा ग्लोबल आइएमई बैंककाे वितरणयाेग्य नाफा ३ अर्ब ५४ करोड रूपैयाँ, अन्य सूचक कस्ताे?

आइतबार, वैशाख ७ २०८२
९ महिनामा ग्लोबल आइएमई बैंककाे वितरणयाेग्य नाफा ३ अर्ब ५४ करोड रूपैयाँ, अन्य सूचक कस्ताे?

काठमाडौं- चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ग्लोबल आइएमई बैंकले ४ अर्ब ५३ करोड रुपैयाँ खुद नाफा गर्न सफल भएको छ।

गत वर्षको यसै अवधिको तुलनामा ग्लोबल आइएमई बैंकको खुद नाफा करिब ३७.२७ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको यसै अवधिमा यस बैंकले ३ अर्ब ३० करोड रुपैयाँ खुद नाफा गरेको थियो। 

निक्षेप तथा कर्जाको ब्याजदर घटेसँगै बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ।

गत आर्थिक वर्षको यस अवधिमा बैंकको १३ अर्ब रुपैयाँ खुद ब्याज आम्दानी रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १२ अर्ब ३७ करोड रुपैयाँमा सीमित भएको छ। 

यस्तै बैंकले कर्जा नोक्सानी खर्च गत वर्षको तुलनामा घटाएको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्मा ५ अर्ब २६ करोड रहेको यस्तो खर्च यस वर्ष ३ अर्ब ११ करोड मात्रै रहेको छ। 

गत आर्थिक वर्षको तुलनामा बैंकको खराब कर्जा भने बढेको छ। गत आर्थिक वर्ष ४.७४ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर ४.९८ प्रतिशत कायम भएको छ। 

बैंकको वितरणयोग्य नाफामा सुधार भएकाले बैंकको प्राथमिक पुँजीकोष गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा बढेको छ। 

यस अवधिमा बैंकको प्राथमिक पुँजीकोष ९.९३ प्रतिशत रहेको छ। गत आर्थिक वर्ष ४८ करोड रुपैयाँ बराबर बोनस सेयर दिएको यस वर्षको चैत मसान्तसम्ममा लाभांश दिने क्षमता बढेको छ।

यस अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको यसै अवधिमा बैंक ४२ करोड ३१ लाख रुपैयाँले वितरणयोग्य घाटामा रहेको थियो।


प्रकाशित : आइतबार, वैशाख ७ २०८२०६:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend