बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

तेस्रो त्रैमासमा माछापुच्छ्रे बैंकले गर्‍यो १ अर्ब १० करोड खुद नाफा, खराब कर्जा बढ्यो

शनिबार, वैशाख ६ २०८२
तेस्रो त्रैमासमा माछापुच्छ्रे बैंकले गर्‍यो १ अर्ब १० करोड खुद नाफा, खराब कर्जा बढ्यो

गत वर्षको चैतसम्ममा यस बैंकले ३ अर्ब ८५ करोड रूपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब २५ करोड रूपैयाँ गरेको छ।

काठमाडौं- चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा माछापुच्छ्रे बैंकले १ अर्ब १० करोड रूपैयाँ खुद नाफा गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी गत वर्षको तुलनामा बढेको छ।

गत वर्षको चैतसम्ममा यस बैंकले ३ अर्ब ८५ करोड रूपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब २५ करोड रूपैयाँ गरेको छ। यस अवधिमा बैंकको खराब कर्जा नोक्सानी व्यवस्था सामान्यरुपमा बढेको छ।

यस अवधिमा बैंकको खराब कर्जा बढेर ४.५९ प्रतिशत पुगेको छ। गत वर्षको यसै अविधमा बैंकको खराब कर्जा ३.६८ प्रतिशत रहेको थियो। 

बैंकको खराब कर्जा बढेपनि बैंकको प्राथमिक पुँजीकोष भने ८.८० प्रतिशत नै कायम भएको छ। गत आर्थिक वर्ष लाभांश वितरण नगरेकाले बैंकको वितरणयोग्य नाफामा सुधार भइ खराब कर्जा बढेपनि बैंकको प्राथमिक पुँजीकोषमा स्थिर रहेको हो।

गत आर्थिक वर्ष ३० करोड ५५ लाख रूपैयाँ वितरणयोग्य घाटामा रहेको यो बैंक चालु आर्थिक वर्षको सोही अवधिमा ७० करोड ७४ लाख रूपैयाँ वितरणयोग्य नाफामा पुगेको छ।

यस अवधिमा बैंकको आधार दर ६.५२ प्रतिशत कायम भएको छ। बैंकले निक्षेप र कर्जाबीचको अन्तर स्प्रेड दर पनि घटाउँदै ल्याएको छ।

गत आर्थिक वर्षको चैत मसान्तमा बैंकको स्प्रेड दर ३.९८ प्रतिशत रहेको चालु आर्थिक वर्षको सोही अवधिमा ३.८७ प्रतिशतमा आएको छ।


प्रकाशित : शनिबार, वैशाख ६ २०८२१३:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend