शनिबार, साउन १२ गते २०८१    
images
images
images

सुर्खेतमा आजदेखि प्याराग्लाइडिङ

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ २३ २०७८
images
images
सुर्खेतमा आजदेखि प्याराग्लाइडिङ

प्याराग्लाइडिङमा एकपटकमा २० मिनेटसम्म उड्न सकिनेछ।

images

सुर्खेत- सुर्खेत उपत्यकामा आजदेखि नियमितरुपमा प्याराग्लाइडिङ उडान सुरु हुने भएको छ। वेलकम प्याराग्लाइडिङ प्रालिले वीरेन्द्रनगर नगरपालिका-१४ बयलकाँडा र वडा नं १ देउती थानलाई केन्द्र बनाएर उडान गर्ने तयारी गरेको छ।

images
images

कम्पनीका सञ्चालक पदमबहादुर शाहीले नेपाल नागरिक उडड्यन प्राधिकरणबाट सञ्चालन अनुमति प्राप्त गरिसकेको बताए। प्राधिकरणले शाही मुख्य सञ्चालक रहेको वेलकम प्याराग्लाइडिङ प्रालिलाई एक वर्षको उडान अनुमति दिएको हो। सञ्चालक शाहीले विश्व कीर्तिमानी  प्याराग्लाइडिङ पाइलट सानुबाबु सुनुवारले उडान भर्ने जानकारी दिँदै प्रतिव्यक्ति ३ हजार ५ सय रूपैयाँ शुल्क निर्धारण गरिएको उल्लेख गरे।

images

समूहमा उडान भर्नेलाई विभिन्न अफर राखिएको छ। पाँच जनाको समूहलाई ३ हजार २ सय, १० जनाको समूहलाई २ हजार ८ सय र १० भन्दा बढी आउनेले २ हजार ५ सय रूपैयाँमा प्याराग्लाइडिङ उडान भर्न पाउनेछन्। उडान शुल्कबाहेक फोटो र भिडियो लिन चाहनेले भने थप एक हजार तिर्नुपर्नेछ। प्याराग्लाइडिङमा एकपटकमा २० मिनेटसम्म उड्न सकिनेछ।

सुर्खेतमा यसअघि २०७० सालमा परीक्षण उडान भए पनि नियमित प्याराग्लाइडिङ सञ्चालन भने हुन सकेको थिएन। अब भने नियमित सेवा प्रदान गर्ने सञ्चालक कम्पनीले जनाएको छ। वेलकम प्याराग्लाइडिङ प्रालिले पोखराको बाबु एडभेन्चरसँग साझेदारी गरेर उडानका लागि १२  चालक सुर्खेत भित्र्याएको छ।

images

कर्णालीमा साहसिक पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले सेवा शुरु गरिएको सञ्चालक शाहीको भनाइ छ। 'हामीले सुर्खेतमा प्याराग्लाइडिङ उडानका लागि यसअघि पनि प्रयास गरेका थियौँ, दक्ष जनशक्ति अभावका कारण नियमित सञ्चालन गर्न सकेनौँ', उनले भने, 'सुर्खेतको भूगोल र हावापानी प्याराग्लाइडिङका लागि उपयुक्त छ, हावाको बेगमा कुनै समस्या आइपरे आपत्कालीन अवतरणको पनि व्यवस्था मिलाइएको छ।' रासस


प्रकाशित : आइतबार, माघ २३ २०७८०५:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend